coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

एमसिसी अनुमोदन हुन्छ : अर्थमन्त्री

काठमाडाैँ - अर्थमन्त्री युवराज खतिवडाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सहयता सम्झौता संसद्बाट अनुमोदन हुने बताएका छन्।

संयुक्त राज्य अमेरिकी कंग्रेसका सदस्यद्वय जर्ज होल्डिङ र अमी बेरासँग बिहीबार अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा अर्थमन्त्री खतिवडाले एमसिसी अन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिनेमा कुनै द्विविधा नभएको जानकारी दिँदै यो संसद्बाट अनुमोदन हुने विश्वास दिलाए। अर्थमन्त्री खतिवडाले एमसिसी मुलुकको हितमा भएको र संसद्ले अनुमोदन गर्छ भनेर बोलेको यो सम्भवतः पहिलोपटक हे। एमसिसीको अनुदान सडक र ऊर्जामा खर्च गरिने भए पनि वैदेशिक सहायता अर्थ मन्त्रालयको सरोकारको विषय हो।

अर्थमन्त्री खतिवडाले नेपाल अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको भन्दै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषिजस्ता क्षेत्रमा निरन्तर रूपमा गर्दै आएको सहयोगका लागि धन्यवाद दिए। त्यस अवसरमा अर्थमन्त्रीले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासबारे जानकारी गराए। उनले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यहाँ उत्पादन भएका वस्तुको बजारका लागि समस्या नहुने जानकारी दिए। विश्वका धेरै जनसंख्या भएका मुलुक छिमेकी भएकाले विश्व बजारको केन्द्रविन्दुमा नेपाल भएको उनको भनाइ छ। गत वर्ष भएको लगानी सम्मेलनमा अमेरिकी निजी क्षेत्रको उत्साजनक सहभागिता रहेकोमा उनले धन्यवाद समेत दिए।

अर्थमन्त्री खतिवडाले संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयन गर्दै संघीय प्रणालीमा नागरिकले प्राप्त गर्ने अधिकार र सेवालाई गुणस्तरीय, दक्ष, प्रभावकारी र प्रविधि मैत्री बनाउन काम भइरहेको उल्लेख गरे। अमेरिकी कंग्रेसका सदस्यद्वयले नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०७६ ०५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App