भारतमा जीप दुर्घटना हुँदा ४ नेपालीको मृत्यु

सोमबार, १८ पुष २०७३, १४ : ५६ बिरा गडाल

बैतडी- भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको लोहा घाटमा जीप दुर्घटना हुदाँ ४ नेपाली सहित ६ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो ३ बजेतिर भारतीय बाटो हुँदै घर आउने क्रममा एकै परिवारका ४ नेपाली सहित ६ जनाको मृत्यु भएको हो।

नागार्जुन मावि शर्मालीका प्रअ महामल सिंह साउदले अनुसार दुर्घटनामा एकै परिवारका ४ जनाको मृत्यु भएको जनाए। शर्माली–२ दुबलाका ६२ बर्षीय गोविन्द साउद, उनकै भाई शिवराजकी पत्नी ५७ बर्षीया गोमती देवी उनकै भाई ५४ बर्षीय बाशुदेव र ५ बर्षीय भतिजा आयुशको मृत्यु भएको हो। तीनजनाको घटनास्थलमै र गोमतीको उपचारका क्रममा मृत्यु भएको प्रअ साउदले बताए। भारतीय संचार माध्यमका अनुसार लोहाघाटबाट मगलक जाँदै गरेको जीप रौलगांव नजिकको भिरबाट खसेको हो। १६ जना यात्रु रहेको जीपमा अन्य १० जना घाइते छन। घाइतेहरुमा ६ जना नेपाली समेत रहेको बताइएको छ। कञ्चनुपरको दोधारा चाँदनी बस्दै आएका मृतक परिवारका ८ जना पूजा पाठको लागि गाँउ आउँदा दुर्घटनामा परेका हुन।

घाइतेहरुमा शर्माली–५ कोणका चन्द्रसिंह साउद, पञ्चेश्वरका एक जना सहित मृतक परिवारकै ४ जना रहेका छन। उनीहरुको हल्दानी र सामुदायिक स्वास्थ्य केन्द्र लुहाघाटमा उपचार भइरहेको छ। अधिक गतीको जीप मोडमा अनियन्त्रित भएर दुर्घटना भएको भारतीय  संचारमाध्यामले जनाएका छन।

 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad