७ वैशाख २०८१ शुक्रबार
समाज

अवैध सम्बन्धको आरोपमा देवर–भाउजु गाउँ निकाला

उदयपुर— अवैध सम्बन्ध राखेको आरोपमा यहाँका देवर–भाउजु गाउँ निकाला गरिएका छन्। जिल्लाको पञ्चावती ४ स्थित नेपालटारकी २८ वर्षीया यशोदा गिरी र देवर २३ वर्षीय हिमाल गिरीलाई स्थानीयले गाउँ निकाला गरेका हुन्। 

यशोदाका श्रीमान ईन्द्र गिरी दुई वर्षयता वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका छन्। इन्द्र र यशोदाको १५ वर्षअघि सामाजिक परम्परा अनुसार विवाह भएको थियो। उनीहरुका दुई छोरा र एक छोरी छन्। 

सअघि उनीहरुबीचको अवैध सम्बन्ध थाहा पाएर त्यसो नगर्न स्थानीय समाजले चेतावनी दिएको थियो। नसुध्रेको भन्दै समाज बसेर दुवैलाई गाउँ निकाला गरेको स्थानीय शिव गिरीले बताए। अहिले देवरसँगको अवैध सम्बन्धबाट यशोदाको पेटमा ४ महिनाको गर्भ रहेको थाहा पाएपछि गाउँलेले सामाजिक बहिस्कार गरेको स्थानीयले बताएका छन्। 

‘हामीले उनीहरुबीचको कुकृत्य पत्ता लगाएर पटक पटक त्यसो नगर्न चेतावनी दिएका थियौं’ उनले भने ‘सामाजिक छलफलको निर्णय नमानेर त्यस्तो घृणित कार्य गर्न नछाडेपछि गाउँ निकाला गर्ने निर्णयमा पुगेका हौं।’ समाजले गरेको आग्रहलाई लत्याएर अवैध सम्बन्ध कायम राखेकै कारण सामाजिक वहिस्कार गर्नुपरेको गिरीले बताए। उनीहरुलाई फेरिफेरि कहिलै गाउँमा मुख नदेखाउन चेतावनी दिइएको छ। 

यशोदाका श्रीमान ईन्द्र गिरी दुई वर्षयता वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका छन्। इन्द्र र यशोदाको १५ वर्षअघि सामाजिक परम्परा अनुसार विवाह भएको थियो। उनीहरुका दुई छोरा र एक छोरी छन्। 

श्रीमती र छोराछोरीको मुहार हँसिलो बनाउने सपना साँचेर विदेशिएका इन्द्र श्रीमती र भाइको सम्बन्ध थाहा पाएर स्तब्ध छन्।

पिता विदेशमा रहेका बेला आमा गाउँ निकालामा परेपछि लालाबालाको बिजोग भएको छ। ससुरा तारानाथ गिरीका अनुसार दुई वर्षको अवधिमा छोराले पठाएको ४ लाख रुपैयाँ सबै यशोदाले फजुल खर्च गरेर सकेकी छिन्। 

आफू सरकारले दिएको सामाजिक सुरक्षा भत्ताले दुःख सुख गर्जो टार्दै आएको बताउने बृद्धले बुहारीले छाडेर गएपछि नाबालक बाच्चाहरुको लालनपालनको जिम्मा पनि आफुमाथि नै आइलागेको बताए।

‘विदेश गएको छोरो कहिले आउने हो पत्तो छैन, यहाँ आफ्नै यस्तो हालत छ अझ नातिनातिनाको पनि बिजोक हुने भयो’ उनले भने।

प्रकाशित: १८ पुस २०७३ ०८:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App