coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसदमा विपक्षीको अबरोध जारी, अर्को बैठक आजै चार बजे

साेमबार बसेकाे संसद बैठक अवराेध गर्दै विपक्षी दलका सांसद। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–प्रमुख प्रतिपक्षसहित नौ विपक्षी दलको अवरोधका कारण संसद वैठक स्थगित भएको छ। सोमबार दिउँसो १ बजेको बैठकमा प्रतिपक्ष दलका सांसद आफ्नो आशनबाट उभिएर विरोध जनाएका थिए।  सरकारले मंसिर १४ गते राति संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्ष सहितका विपक्षी दलले लगातार संसद बैठक अवरोध गर्दै आएका छन्।  उनीहरुले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म अवरोध जारी राख्ने बताएका छन्।

संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा सोमबार नै प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको थियो। बैठकमा कुनै सहमति नभएपनि सहमतिबाटै समस्याको समाधान खोज्ने विषयमा छलफल सकारात्मक भएको नेताहरुले बताएका थिए।

यसअघि सत्तापक्ष र मधेसी मोर्चाबीच संसदमा दर्ता भएको संशोधन प्रस्ताव टेबल गर्ने सहमति गरेका थिए। तर सभामुख ओनसरी घर्तीले प्रतिपक्षलाई पनि विश्वासमा लिएर प्रस्ताव अगाडि बढाउन सत्तापक्षलाई आग्रह गरेपछि सोमबार संशोधन प्रस्ताव टेबल हुन सकेन।

यसअघिका बैठकमा विपक्षीले अवरोध गरेपछि अर्को दिनसम्मकालागि संसद स्थगित गर्ने सभामुखले सोमबारदेखि भने निरन्तर बैठक राख्ने  भन्दै सोमबार नै अर्को बैठक बोलाएकी छन्।

प्रकाशित: १८ पुस २०७३ ०७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App