८ वैशाख २०८१ शनिबार
अर्थ

परिसंघ टोली र अर्थ सचिवबीच छलफल

काठमाडौं – नेपाल उद्योग परिसंघले अर्थतन्त्र तथा उद्योग व्यवसायमा देखिएका समस्याबारे अर्थ सचिव शिशिरकुमार ढुंगानासँग छलफल गरेको छ। परिसंघका पदाधिकारीको प्रतिनिधिमण्डलले उनको कार्यकालमा समग्र अर्थतन्त्र र निजी क्षेत्रको विकास तथा प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

अर्थ मन्त्रालयमा भएको छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले भारतीय बजेटको प्रभाव मूल्यांकन गरी उद्योग व्यवसायलाई प्रतिस्पर्धी हुने वातावरण सिर्जना गर्नुपर्ने, चीनमा देखा परेको कोभिड १९ भाइरसका कारण उत्पन्न परिस्थितिले कच्चा पदार्थ तथा तयारी वस्तु आयात निर्यात तथा पर्यटन उद्योगमा पर्न गएको नकारात्मक असरलाई नियाल्नु पर्ने अवस्था आएको बताए। यसैगरी निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा भइरहेका सुधारको स्वागत गर्दै निर्यातका लागि थप प्रोत्साहन आवश्यक भएको तर्फ पनि अध्यक्ष मोरले ध्यानाकर्षण गराए।

अर्थ सचिव ढुंगानाले भारतको नयाँ बजेटको नेपाली अर्थतन्त्रमा पर्ने प्रभाव मूल्यांकन गर्न अध्ययन समितिले काम पूरा गर्न लागेको र त्यसले दिने सुझावलाई कार्यान्वयन गर्ने जानकारी गराए। यसैगरी चीनमा देखा परेको कोभिड १९ भाइरसका कारण उद्योग, व्यापार तथा सेवा क्षेत्र र विकासका काममा परेको असर कम गर्ने उपायमाथि छलफल भइरहेको बताए। यस्तै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्ने उद्योगलाई थप सहुलियत दिने विषयमा नीतिगत सुधारका लागि अन्तर्मन्त्रालय समन्वयको काम भइरहको जानकारी गराए। परिसंघले अघि सारेका विषयलाई प्राथमिकतामा राखी यथासक्य सम्बोधन गर्ने पनि अर्थ सचिव ढुंगानाले विश्वास दिलाए।

प्रकाशित: ९ फाल्गुन २०७६ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App