६ वैशाख २०८१ बिहीबार
समाज

घरको छतबाट हाम्फालेर मृत्यु

धनुषा— गणेशमान चारनाथ नगरपालिका–३ बस्ने उमेश लाल यादवको घरको छतबाट हाम फालेर मृत्यु भएको छ।

जनकपुर उपमहानगरपालिका–४ डेरा गरी बस्ने रघुनाथपुर–८ घर भएका महेश चन्द्र यादवको कोठामा आएका यादवले आइतबार महेश चन्द यादव बसेको डेरा घरको छतबाट हाम फाल्दा गम्भीर घाइते भएकोले उपचारको लागि जनकपुर अंचल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

यादवले छतबाट हाम फाल्नुको कारण खुल्न नसकेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रकाशित: १८ पुस २०७३ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App