६ वैशाख २०८१ बिहीबार
समाज

प्रहरीलाई उत्साहित हुन आग्रह

काठमाडौं – गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानले बिहीबार प्रहरी मुख्यालयको अवलोकन गर्दै शान्ति सुरक्षा र प्रहरी कार्यालयको अवस्थाबारे जानकारी लिएका छन्। उनले प्रहरीले गरिरहेका अनुसन्धान कार्य, भौतिक पूर्वाधार, तल्लो दर्जाका प्रहरीको अवस्था, काम गर्ने शैली तथा प्राविधिक पक्षबारे जानकारी लिएको बताइएको छ।

अवलोकनपछिको छलफल कार्यक्रममा सचिव न्यौपानेले प्रहरी जवानलाई उत्साहित भएर काम गर्न आग्रह गरेका थिए। उनले प्रधान कार्यालयको कमाण्ड सेन्टरबाट सात वटै प्रदेशस्थित प्रहरी कार्यालयका प्रमुखलाई भिडियो कन्फ्रेन्समाफर्त सम्बोधन गरेका थिए। उक्त क्रममा प्रहरी कानुन कार्यान्वयन गर्ने निकाय भएकाले इमानदार पारदर्शी हुन गृहसचिव न्यौपानेको आग्रह थियो। ‘शान्ति सुरक्षा चुस्त पारेर देशलाई सुरक्षित र शान्त राख्ने कार्य प्रहरीको हो, गृह मन्त्रालय आवश्यक सहयोग गर्न तत्पर छ,’ उनले भने। सचिव न्यौपानेले आतंकवाद तथा विध्वंसात्मक गतिविधि नियन्त्रण र भइरहेका अवराधलाई न्यूनीकरण गर्नतर्फ प्रहरी चासो दिनुपर्ने बताएका थिए। प्रहरीको समाजप्रतिको दायित्व बढ्दै गएकाले स्वभाव परिवर्तन गर्दै काम गर्न गृहसचिव न्यौपानेले आग्रह गरे। ‘प्रहरी सभ्य र सुस्कृत हुनुपर्दछ, अपराध र अराजक पक्षलाई निर्मूल पार्दै सम्मुनत समाज निर्माण गर्ने जिम्मा प्रहरीकै हातमा छ,’ न्यौपानेले भने। नयाँ ऐन कार्यान्वयको पारदर्शिता र कर्मचारी समायोजनबारे पनि गृहमन्त्रालयले चासो दिएको उनको भनाइ थियो।

उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी संगठन थप जिम्मेवारी वहन गर्दै अघि बढेको बताए। उनले प्रहरी कर्मचारीले क्रियाशील, निष्पक्ष, निर्भीक भएर काम गर्दै आइरहेकाले यसमा अझ चासो दिन कर्मचारीहरूलाई आग्रह गरेका थिए।

प्रकाशित: ९ फाल्गुन २०७६ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App