८ वैशाख २०८१ शनिबार
खेल

ह्वाइट हाउस च्याम्पियन

काठमाडौं – पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार ह्वाइट हाउस च्याम्पियन बनेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको फाइनल खेलमा ह्वाइट हाउसले चिर परिचित प्रतिद्वन्द्वी जेभियर इन्टरनेसनललाई ५६–४५ ले पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो। निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा ह्वाइट हाउसका सुरज खत्रीले सर्वाधिक ८ स्कोर गरे।

सुरुआतबाट आक्रामक खेल्दै अग्रता बनाएको ह्वाइट हाउसले जेभियरमाथि पहिलो क्वार्टरमा १०–८ स्कोर गरेको थियो। दोस्रो क्वार्टरमा १४–१२ र तेस्रो क्वार्टरमा २०–७ को फराकिलो अग्रता लिएको थियो। चौथोमा भने जेभियरले १८–१२ को अग्रता लिँदै समग्रमा ५६–४५ को स्कोर निकालेर उपाधि उचाल्न सफल भएको हो। १२ टोलीले सहभागिता जनाएको प्रतियोगितामा विजेता ह्वाइट हाउसका विशाल मोक्तान ‘मोस्ट भ्यालुएवेल प्लेयर’ घोषित भए। नेपाल बास्केटबल संघले आयोजना गरेको प्रतियोगितामा समृद्धि तेस्रो बन्दा न्यु जेनिथलाई ७८–६९ को स्कोरले स्तब्ध बनायो।

तेस्रो स्थान हात पार्ने क्रममा समृद्धिका सोमित गुरुङले सर्वाधिक २० स्कोर गरे। यसै प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बंगलादेशमा जुन–जुलाईमा हुने साबा यु–१८ पुरुष बास्केटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको चयन गरिनेछ।

प्रकाशित: ९ फाल्गुन २०७६ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App