coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

समृद्ध प्रदेश बनाउन पुरानो मानसिकता त्याग्नुपर्छः मुख्यमन्त्री पोखरेल

बुटवल - प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई समृद्ध बनाउनका लागि पुरानो मनस्थितिलाई बदल्नु पर्ने बताएका छन्। आम जनता र राजनीतिक नेतृत्वमा समेत अझै पनि आञ्चलिक मानसिकता कायमै रहदा सिगो प्रदेशको हित र विकासमा त्यसले असर गर्ने उनले बताए। ‘अब हामी प्रदेशबासी हौं भन्ने मनस्थिती सबैले स्थापित गराउनु पर्छ। त्यसका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुन्छ र यहाँहरुले सकारात्मक भूमिका खेल्नुहुनेछ भन्ने विश्वास छ’ मुख्यमन्त्री पोखरेलले भने। 

नेपाल प्रेस युनियनको आगामी चैत २१ र २२ मा नेपालगञ्जमा हुन गइरहेको नवौं महाधिवेशनको शिलशिलामा युनियनका पत्रकारहरुसंगको भेटमा मुख्यमन्त्री पोखरेलले पुरानो संरचना अनुसारको आञ्चलिक मनोबिज्ञानलार्इ त्यागेर नयाँ संरचना अनुरुप विकास र समृद्धिको यात्रामा सहयोग गर्न आग्रह गरेका हुन।  मुख्य मन्त्री पोखरेलले सुशासन स्थापित गर्दै विकास र समृद्धिको यात्रामा प्रदेश सरकार अगाडि बढिसकेको उनले बताए। 

मुख्य मन्त्रीले प्रदेश पाँच साविक लुम्बिनी, राप्ती र भेरी अञ्चलका जिल्लाहरु मिलेर बनेको उल्लेख गर्दै प्रदेशका सबै जनतालाइ स्वीकार्य हुने गरी उपयुक्त स्थानमा सहमतिमै राजधानी तोकिने पनि बताए। मुख्यमन्त्रीले संघसंस्थाहरुको महाधिवेशन काठमाण्डौमै गर्ने परम्परालाई तोडेर प्रेस युनियनले प्रदेश पाँचको नेपालगञ्जमा गर्नु स्रहानीय भएको बताउँदै प्रदेश सरकारको तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। 

सोही अवसरमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्रि सिग्देलले युनियनको केन्द्रीय महाधिवेशन नेपालगञ्जमा गरिनु प्रदेश नं ५ कैलागि गौरवको बिषय भएको बताए। महाधिवेशनको समयमा शान्ति सुरक्षा सगै सकारात्मक वातावरण निर्माणकालागि अध्यक्ष सिक्देलले आग्रह गरे। प्रदेशको पर्यटन प्रवद्र्धनका हिसावले समेत कार्यक्रमलाई प्रदेश सरकारले लिनु पर्नेमा उनले जोड दिए।अध्यक्ष सिग्देलले प्रदेश अहिले कानुन निर्माणकै क्रममा रहेकाले मिडिया मैत्री कानुन निर्माणसगै स्वतन्त्र रुपमा पत्रकारीता गर्ने बातावरण निर्माणकालागि समेत आग्रह गरे। प्रेस युनियनको नेपालगञ्जमा हुने राष्ट्रिय महाधिवेशनमासाढे २ हजार बढी पत्रकार सहभागि हुने युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसीले जानकारी दिए।

महाधिवेशनकै तयारीकै शिलशिलामा युनियनका केन्द्रीय अध्यक्ष सिक्देल, उपमहासचिव तथा स्थानीय व्यबस्थापन समितिका संयोजक प्रेम केसी सहित आएको टोलीले बिहिबारै प्रेस  युनियन रुपन्देही शाखा  सहित पाल्पा, गुल्मी, अर्घाखाची, नवलपरासी र कपिलबस्तुका सभापती तथा प्रतिनिधिहरु बिच छलफल गर्यो।

केन्द्रीय अध्यक्ष सिग्देलले महाधिवेशन सम्पन्न गर्ने दायित्व नेतृत्वको मात्रै नभएर सबै सदस्यहरुको भएकाले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे। जिल्ला शाखाहरुले महाधिवेशन सफल बनाउने प्रतिवद्धता जनाए।

प्रकाशित: ८ फाल्गुन २०७६ १४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App