८ वैशाख २०८१ शनिबार
समाज

खोलाको खाल्टो सम्याउन पत्राचार

रौतहट- जिल्ला समन्वय समिति रौतहटले खोलाको खाल्टो सम्याउन पाँचवटा स्थानीय तहलाई पत्राचार गरेको छ। वागमती नदी, चाँदी खोला तथा लालबकैया खोलामा सम्बन्धित नगरपालिकाद्वारा ठेक्का वा अन्य प्रक्रियाद्वारा भइरहेको नदीजन्य पदार्थको उत्खननको सम्बन्धमा आइइइ भएका स्थानहरुको चार किल्ला स्पष्ट देखिने गरी छुट्याउन र खोलामा रहेका खाडलहरु सम्याउन पत्राचार गरेको हो।

जिल्ला समन्वय समिति रौतहटले चन्द्रपुर, वृन्दावन, गुजरा, फतुवा विजयपुर र गढीमाई नगरपालिकालाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको उपप्रमुख रामअशिष राय यादवले जानकारी गराएका छन्। नदीजन्य पदार्थको जथाभावी दोहन हुँदा खोलाको सतहमा जताततै खाल्टै खाल्टो भएको छ। खोलामा धेरै खाल्टो हुँदा नदीको स्वाभाविक गति परिवर्तन हुने र वस्तीलाई जोखिम हुने तथा खाल्टोमा परी जनधनको क्षतिको सम्भावना रहेकोले सम्याउन पत्राचार गरिएको उपप्रमुख यादवले बताएका छन्।

प्रकाशित: ८ फाल्गुन २०७६ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App