८ वैशाख २०८१ शनिबार
अर्थ

भ्रमण वर्षमै सेवाग्राहीलाई विशेष छुट

सनराईज बैंक र होटल पौवाले विशेष छुटको सम्झौता गर्दै ।

भैरहवा- भैरहवा पौवा होटलले सनराइज बैंकका ग्राहकहरुलाई विशेष छुट दिने भएको छ। भ्रमण वर्षकै अवसरमा भैरहवामा सनराईज बैंक र होटल पौवाले गरेको सम्झौता अनुरुप दुवै सस्थाका सेवाग्राहीहरुलाई उक्त छुट दिने भएको हो।

भैरहवामा पत्रकार सम्मेलन गर्दै होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले र सनराइज बैंक लिमिटेड भैरहवा शाखाका प्रबन्धक हरिहर सुवेदीले छुट दिने प्रतिवद्धतासहित सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार सनराइज बैंकका ग्राहकले डिजिटल माध्यमबाट भुक्तानी गर्दा होटलको सेवामा छुट पाउने छन्। बैकले जारी गरेको डेविड कार्ड, क्रेडिट कार्ड अथवा मोबाइल बैंकिङ्गमार्फत ई पेमेन्ट गर्दा ग्राहकले रेष्टुरेण्ट र पेयपदार्थ तर्फ १० प्रतिशत, स्विमिङ्ग र बोटिङ्गमा १५ प्रतिशत एवम् आवासतर्फ पनि विशेष छुटको व्यवस्था गरेको शुभ ओम कम्पनी प्रा.लि.का अध्यक्ष हरिबहादुर थापाले बताए।

ग्राहकहरुलाई प्रविधिको विकाससगै छिटो र झन्झटिलो नगद भुक्तानीको सेवालाई अत्याधुनिक डिजिटल प्रणालीमा लैजान सेवा प्रदायक सस्था होटल पौवाबाट सुरुवात गरेका छौं। यसले दुवै संस्थाको प्रवद्र्धनमा साथै भ्रमण वर्षमा पनि सहयोग पुग्ने छ होटलका व्यवस्थापक विष्णु भण्डारीले बताए।

 

प्रकाशित: ८ फाल्गुन २०७६ १३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App