coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको संलग्नता छैन भन्ने पुष्टि हुँदासम्‍म आश्वस्त हुन सकिँदैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामाले मात्रै नहुने भन्दै यो विषयमा प्रधानमन्त्रीको संलग्नता छैन भन्ने कुरा पुष्टि नहुने बेलासम्म देश आश्वस्त नुहने बताएका छन्।

संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै थापाले प्रधानमन्त्रीले बिहीबार सार्वजनिक भएको अडियो एक महिना अगाडि नै सुन्नुभएको कुरा बाहिर आएको उल्लेख गर्दै  भने, 'अडियो सुनेपछि प्रधानमन्त्रीले गोकुल बास्कोटा एकातिर अरु सबै एकातिर राख्दा पनि पुग्दै भनेर दिएको अभिव्यक्ति के हो?’ थापाले प्रधानमन्त्रीले दिएका टिप्पणीहरुका आधारमा प्रधानमन्त्रीको अभिभावकत्व, प्रधानमन्त्रीको संरक्षकत्वमा यी कुराहरु भइरहेका थिए वा प्रधानमन्त्रीलाई जानकारी थिएन भन्दै ? प्रश्न गरे।

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले यस्ता गम्भिर विषयमा संसदमा छलफल गरेर टुंग्याउनुपर्नेमा त्यसो हुन नसकेको बताए। सत्तापक्षले छलफल गर्न नचाहाने र प्रतिपक्ष अल्छि भएर जे कुरामा पनि संसद अवरुद्ध गर्ने राम्रो नभएको भन्र्दै उनले संसदमा गम्भिर छलफल गरेर समाधान गर्नेतिर जानुपर्ने औंल्याए। उनले सत्ता वरिपरिकै मानिसहरुले लाभ लिने गरी भ्रष्टाचार मौलाएको बताए।

प्रकाशित: ८ फाल्गुन २०७६ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App