काठमाडौं- प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विजयप्रकाश मिश्रलाई कारबाहीको लागि प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्राचार गरेको छ। मिश्रले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अडियो रेकर्ड गरेका थिए। मिश्रले एक अनलाईनमा दिएको अन्तर्वार्तामा लेखा समितिका सदस्यहरुको चरित्र हत्या गरेको भन्दै समितिले यस्तो पत्राचार गरेको हो।
यस्तै फेसबुकमा चरित्र हत्या हुने गरी पोष्ट गरेको भन्दै समितिले प्रभात किशोर उपाध्यायलाई पनि कारबाहीको लागि पत्राचार गरेको छ। समितिले मिश्र र उपाध्याय दुबैलाई कारबाही गरेर प्रतिवेदन बुझाउन समेत निर्देशन दिएको छ।
प्रकाशित: ८ फाल्गुन २०७६ १२:१४ बिहीबार