coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न माग गर्दै नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ।

संसदमा बोल्दै पुष्पा भुसालले बास्कोटालाई वर्खास्त गरेर प्रधानमन्त्रीले कारबाही अगाडि बढाउन पर्ने बताइन्। वर्खास्त गरेर मात्र कांग्रेस चुप लगेर नबस्ने बताइन्। उनले यस विषयमा सदनमा आएर प्रधानमन्त्रीले जानकारी गराउनु पर्ने बताइन्।

हिजो ललिता निवास प्रकरणमा जग्गा फिर्ता गरेकोले कारबाही हुँदैन भने जस्तै राजीनामा दिएकोले कारबाही हुँदैन भन्न नमिल्ने उनले बताइन्।

यस अघि कांग्रेसले  राष्ट्रियसभा बैठक अवरुद्ध गरेको थियो। बिहीबारको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्न माग गरे। कांग्रेसले अडियो प्रकरणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग समेत गरेको छ।

सेक्युरिटी प्रेस खरिदमा संचारमन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग ७० करोड घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भइसकेको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ। स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ। बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन्।

 

प्रकाशित: ८ फाल्गुन २०७६ ०९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App