८ वैशाख २०८१ शनिबार
समाज

सामाजिक अपराध घटाउन प्रहरी सक्रिय

काठमाडाैँ - जिल्ला प्रहरी कार्यालय झापाले एक महिनाको अवधिमा भन्सार छली भारतबाट नेपाल भित्र्याइएको ४६ लाख ७९ हजार ३६२ रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले विभिन्न नाका प्रयोग गरी अवैधरूपमा नेपाल भित्र्याइएका लत्ताकपडा, विद्युतीय सामग्री, सवारी पार्टपूर्जा, पशुचौपाया तथा अवैध काठलगायतका वस्तु बरामद गरी सो मूल्य बराबरको मेची र भद्रपुर भन्सार कार्यालयमा बुझाइएको बताए।

उनले माघमा मात्र विभिन्न मुद्दामा फरार अदालतबाट १० वर्ष छ महिना १६ दिन कैद एवम  ४२ हजार ७०० रुपैयाँ जरिवाना जम्मा भएका फरार नौ प्रतिवादीलाई विभिन्न स्थानबाट लुकीछुपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा दाखिला गरेको जानकारी दिए।

उपरीक्षक कोइरालाले माघमा मात्र अभद्र व्यवहार, लागुऔषध, जबर्जस्ती करणी, कर्तव्य ज्यान र अन्य अपराधका १२८ विरुद्ध मुद्दा दर्ता गरिएको र १५० लाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार त्यसमध्ये सबैभन्दा बढी अभद्र व्यवहारमा पक्राउ परेका छन्। जसमा चार विदेशी रहेका जनाइएको छ।

प्रहरीले जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामाजिक अपराध घटाउने उद्देश्यले साइबर अपराध, लैङ्गिक हिंसा, ट्राफिक नियम र लागुऔषध सम्बन्धीका कार्यक्रम स्कूल तथा विभिन्न स्थानमा गर्दै आएको छ।रासस

प्रकाशित: ८ फाल्गुन २०७६ ०७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App