coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'सुरक्षाकर्मीको मिलोमतोमा' चरेस तस्करी

वीरगन्ज- नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ग्रामिण नाकाहरुमा रहेका इकाईहरुलाई प्रभावमा लिई प्रतिबन्धित लागुऔषध चरेसको तस्करी भइरहेको खुलेको छ। नेपालबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बिभिन्न सुरक्षा घेरा नाघ्दै भारतमा प्रवेश गरेको स्कोरर्पियो गाडीमा २ वटा व्यागमा ५ सय ग्रामको १ सय वटा प्याकेटमा लागुऔषध चरेस प्याक गरिएको अवस्थामा भारतमा फेला परेको छ।

स्रोतकाअनुसार नेपाली भारत सीमामा तैनाथ भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) टोलीलाई यसको सूचना पहिलेदेखि थियो। बुधबार पर्साको ग्रामिण भेगको भिस्वा नाका हुँदै भारततर्फ प्रवेश गरेको भारतीय नम्बरको स्कोरर्पियो गाडीबाट सीमामा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) टोलीले ५० किलो लागुऔषध चरेस बरामद गरेको हो। घटनापछि नेपाली सुरक्षाकर्मीको कमजोरीले चरेस तस्करी भएको तथ्यसमेत खुलेको हो। नेपालबाट लागुऔषध चरेश बोकी बिआर ०४ पिए १५८० नम्बरको स्कोरर्पियो गाडी बुधबार भिस्वाबाट भारततर्फ पसेको थियो।

भारतको विभिन्न शहरमा चरेश पुर्‍याउनका लागि यस गाडीको प्रयोग भइरहेको भन्ने सूचनाको आधारमा सिकटा बस बिसौनी नजिकबाट एसएसबी टोलीले २ जना संलग्न युवकलाई नियन्त्रणमा लिँदै चरेस बरामद गरेको हो। नेपालबाट खरीद गरिएको लागुऔषध पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा–सिकटा छोटी नाकाबाट ४७ वी वाहिनी एसएसबी को विशेष टोलीले नियन्त्रणमा लिएको हो। भारत बिहार छपरा जिल्ला घर भएका अजयकुमार र राजनकुमार सिंहलाई एसएसबीले पक्राउ गरिएको एसएसबीका कार्यवाहक टोली प्रमुख राजकुमारले बताएका छन्।

बरामद भएको चरेस र पक्राउ परेका दुई ब्यक्तिलाई आवश्यक कारबाहीका लागि बिहार प्रान्तको राजधानी पटनास्थित ‘लागुऔषध नियन्त्रण ब्यूरो’ पठाइएको छ। चरेस तस्करीमा प्रयोग भएको उक्त गाडी जम्मु कश्मीरमा कार्यरत एक जना सिआरपीएफ (केन्द्रीय रिजर्व पुलिस बल) जवानको रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। यस बारेमा थप अनुसन्धान भैरहेको जनाइएको छ।

प्रकाशित: ८ फाल्गुन २०७६ ०७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App