coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारले सार्वजनिकरुपमा जवाफ दिनुपर्छ : कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्नु पर्ने बताएका छन्। यस प्रकरणको अनुसन्धान गर्न प्रधानमन्त्रीले प्रेरित गर्नु पर्ने उनले बताए।

कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले भ्रष्टाचारको मुद्दामा आग्रह पूर्वाग्रह छोडेर अनुसन्धान गर्न भनेका छन्। उनले सरकारले यसबारे सार्वजनिकरुपमा जवाफ दिनुपर्ने बताए। दृष्यमा आएको भन्दा अरु के के कुरा थिए भन्ने खोज्ने दायीत्व समेत रहेको उनले बताए।

सेक्युरिटी प्रेस खरिदमा बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ। स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ। बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन्।

 

प्रकाशित: ८ फाल्गुन २०७६ ०६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App