coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'अडियो प्रकरणबारे प्रधानमन्त्रीलाई जानकारी छ'

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको कमिसन डिल गर्दै गरेको अडियो बाहिरिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ।

प्रधानमन्त्री र अध्यक्ष दाहालबीच नियमित भेटघाट भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

बास्कोटाको अडियो सार्वजनिक भएको बारे प्रधानमन्त्रीलाई जानकारी रहेको पनि थापाले बताए।

सेक्युरिटी प्रेस खरिदमा बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ। स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ। बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन्।

 

प्रकाशित: ८ फाल्गुन २०७६ ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App