coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौं जाँदै गरेको बस कुलकुलेमा दुर्घटना, घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी

नुवाकोट - नुवाकोटको पञ्चकन्या गाउँपालिका –४ स्थित कुलकुले भन्ने स्थानमा यात्रुवहाक वस दुर्घटना हुदा १५ जना घाइते भएका छन्। बिहीबार बिहान ८ बजेको समयमा थप्रेकबाट काठमाडौँको लागि छुटेको बा २ ख ६७४० नम्बरको बस सवा ९ बजेको समयमा कुलकुलेमा दुर्घटना भएकाे हाे।

घाइते मध्ये २ जनाकै अवस्था गम्भीर छ। गम्भीर घाइतेहरुमा इन्दिरा खतिवडा र मंगले तामाङ रहेका छन्। उनीहरुलाई उपचारको लािग हेलिकप्टरमार्फत काठमाडौँ पठाउने प्रयास भइरहको पञ्चकन्या गाउँपालिकाका उपप्रमुख सीता खड्का पराजुलीले बताइन्।

प्रहरीका अनुसार अन्य घाइतेहरुमा रामेश्वर खतिवडा, सपना तामाङ, अनिल तामाङ, छावा छिरिङ तामाङ, बुद्धिबहादुर तामाङ, लालविर तामाङ, विष्णु विक,सुरेन्द्र तामाङ, रविन तामाङ, राजु तामाङ र अजय तामाङ रहेकाछन्। उनीहरु सबै पञ्चकन्या गाउँपालिका–४ का बासिन्दा हुन्। अन्य घाइतेहरुमा पञ्चकन्या–२ का कुसबहादुर कार्की र लालसिंह तामाङ रहेका छन्।  सिकिस्त दुई बाहेकका घाइतेहरुलाई एम्वुलेन्समार्फत उपचारको लागि अस्पताल पठाइएको बताइएको छ।

प्रकाशित: ८ फाल्गुन २०७६ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App