८ वैशाख २०८१ शनिबार
समाज

लाभग्राही सूचीमा नपरेपछि भूकम्पपीडित अन्योल

रसुवा - रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङका पेम्बा छोवाङ तामाङको परिवार अहिलेसम्म पनि भूकम्पले क्षति गरेको घरमा बस्दै आएको छ। २०७२ सालमा गएको भूकम्पका कारण उनको घरमा क्षति भएको थियो। तर अहिलेसम्म पनि नयाँ घर बनाउने कुनै काम सुरु भएको छैन्।

घर बनाउन मन नलागेर, कामदान वा समय नपाएर उनको घर बनाउन रोकीएको होइन्। पटक पटक लाभग्राही सूचिमा पर्नका लागि निवेदन दिँदा पनि सूचिना नपरेपछि घर बनाउने काम पनि सुरु हुन नसकेको हो। घर पुनर्निर्माणका लागि प्राविधिक मूल्यांकन गर्न तीन पटक प्राविधिक तामाङको घरमा पुगेका थिए। प्राविधिहरूले आउँदासमेत उनको परिवारले त्यहि घरमा राखेर स्वागत गरेका थियो।

आफूसँगै आवेदन दिएका अन्य स्थानीयको लाभग्राही सूचिमा नाम परेपनि आफूहरूको नपरेको तामाङले गुनासो गरे। पुनरावेदन गरेको भएपनि त्यसले केही उपलब्धी नभएको उनले बताए। ‘केही दिनपछि बोलाउछौं भनेका थिए तर आजसम्म बोलाएका छैनन्।’ तामाङले भने, ‘भूकम्पले घर पूर्णरूपमा क्षति नगरेपनि आंशिक क्षति गरेको छ। अनेत्र बस्ने ठाउँ नभएपछि बाध्यभएर यही बस्दै आएका छौं।’

आमाछोदिङ्मो गाउँपालिका–३, गत्लाङकी पासाङ छोज तामाङले भूकम्पले क्षति गरेको घरलाई मर्मत गरेर बसेकी छन्। उनको पनि लाभग्राहीको सूचीमा नाम परेको थिएन। आफूले एक पटक मात्रै आवेदन दिएको उनले बताइन्। ‘मेरो घर पूर्णरूपमा क्षति भएको थियो,’ उनले भनिन्, ‘तरपनि सूचिमा नाम परेन कसरी छुट्यो कुनै जानकारी छैन।’

सबैले भूकम्पप्रतिरोधी घर बनाउँदा आपूm मात्रै असुरक्षित रूपमा बसेको जस्तो लाग्ने गरेको उनको भनाइ छ। अब नयाँ घर बनाउने की नबनाउने भन्नेमा अन्योलमा परेको उनले बताइन्। जिल्लाबाट गुनासोमा आवेदन दिएका एक हजार सात सय ६४ वटा गुनासो सम्बोधन भएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाले जनाएको छ।

जसमा दुई सय ५२ लाभग्राही भएका छन्। बाँकी गैरलाभग्राहीको सूचीमा परेका छन्। जिल्लामा हाल १२ हजार सात सय ९३ लाभग्राही रहेका छन्। जसमा ११ हजार ९ सय ६० ले पहिलो, ११ हजार चार सय २२ ले दोस्रो र १० हजार आठ सय २० ले तेस्रो किस्ता लिएको कार्यालयको तथ्यांक छ।

भूकम्पपछि पुनर्निर्माण भएको गाउँ। तस्बिर ः नागरिक

प्रकाशित: ८ फाल्गुन २०७६ ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App