आक्रोशित नेहाको धम्की

बिहिबार, ०८ फागुन २०७६, ०९ : ४६ नागरिक

मुम्बई (एजेन्सी) – भारतीय गायिका नेहा कक्कड आक्रोशित हुँदै पूर्वप्रेमी तथा अभिनेता हिमांश कोहलीलाई सामाजिक सञ्जालमा पोस्ट गरेर गालीसहितको धम्की दिएकी छन्।

पूर्वप्रेमी तथा अभिनेता हिमांश कोहलीले उनीहरूको ब्रेकअपबारे अन्तर्वार्ता दिएपछि गायिका कक्कडले उनलाई हिर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। गायिका कक्कडले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै अभिनेता कोइलीले आफ्नो छवि खराब गरेको आरोप लगाएकी छन्। ‘जसले मेराबारे नराम्रो भनिरहेका छन्। उनीहरू झुठा हुन् र मेरो सफलता देखेर ईश्या गरिरहेका छन्। उनीहरुलाई मेरो नाम लिएर चर्चा कमाउनु छ। चर्चा कमाउन मन भए कामबाट प्रभावित गर,’ उनले पोस्टमा लेखेकी छन्। पोस्टमा अभिनेता कोइलीको नाम उल्लेख नभएपनि उनीप्रति लक्षित गर्दै गायिका कक्कडले पूरा परिवारको पर्दाफास गर्न सक्ने चेतावनी दिएकी छन्।

‘मैले मुख खोले भने तिम्रो आमा, बुवा र बहिनीको कर्तुत सार्वजनिक हुनेछ। उनीहरूले मलाई कस्तो व्यवहार गरेका थिए भनेर सबैले थाहा पाउनेछन्। मेरो नाम प्रयोग गरेर आफूलाई बिचरा बनाउने कोशिस नगर,’ उनले लेखेकी छन्।

अभिनेता कोइलीले गायिका कक्कडलाई गलत गरेका कारण ब्रेकअप भएको हल्ला गलत भएको दाबी गरेका छन्। उनका अनुसार गायिका कक्कडले सामाजिक सञ्जालमा आफ्नाबारे पोस्ट र टेलिभिजन कार्यक्रममा रोएर मानिसहरूले सहानभूति पाइरहेको बेला मौन रहेको बताए। उनको व्यवहारबाट अभिनेता कोइलीका कारण सम्बन्धमा ब्रेकअप भएको अनुमान गरिएको थियो। उनीहरूबीच डेढ वर्षअघि ब्रेकअप भएको थियो। ब्रेकअपपछि उनीहरू एक अर्कामाथि आरोप–प्रत्यारोपमा उत्रिरहेका छन्।





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad