coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोभिड–१९: इरानमा दुई व्यक्तिमा संक्रमण पुष्टि

इरान (सिन्ह्वा) – इरानका दुई जनामा कोभिड–१९ संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले इरानमा पहिलो पटक दुई व्यक्तिमा रोगको संक्रमण देखिएको बुधबार पुष्टि गरेको इरानी समाचार संस्था (आइएसएनए)ले उल्लेख गरेको छ।    

स्वास्थ्य मन्त्रालयको उक्त प्रतिवेदनमा ती दुई व्यक्ति कुन देशका नागरिक हुन् भन्नेबारे विस्तृत विवरण भने दिइएको छैन। मन्त्रालयका सूचना केन्द्रका प्रमुख कियानोस जहाँपुरलाई उद्धृत गरी आइएसएनएले भनेको छ, ‘पछिल्लो दुई दिनमा कोभिड–१९ का केही संदिग्द घटनाहरू पत्ता लागेका हुन्।’

इरानको केन्द्रीय प्रान्त कोममा ती बिरामी भेटिएका थिए। उनीहरूलाई कोभिड–१९ को संक्रमणको पुष्टि भएसँगै अस्पतालको एकान्त कोठामा राखी उपचार सेवा प्रदान गरिएको जोहानपुरले बताए। चीनमा संक्रमण प्रकोपका रूपमा देखिएपछि इरानले यसअघि नै विदेशबाट आउने बिरामीलाई परीक्षण गर्ने व्यवस्था मिलाएको छ।

प्रकाशित: ८ फाल्गुन २०७६ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App