७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

कोभिड १९: चीनमा दुई हजारभन्दा बढीको मृत्यु

बेइजिङ (सिन्ह्वा) – कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या दुई हजारभन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन्।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको यस रोगबाट पछिल्लो समय दैनिक करिब सय व्यक्तिको मृत्यु हुने गरेको अधिकारीहरूले जनााएका छन्। केही दिनमा यतादेखि यो घटना क्रम जारी रहेको थियो।

मंगलबार भने यस रोग संक्रमणबाट १३६ जनाको मृत्यु भएको थियो। यो रोगको नियन्त्रणमा खटिएका कम्तीमा कम्तीमा दुई हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन्। यसको संक्रमणबाट सात स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको छ।

रोगको प्रकोप नियन्त्रणका लागि विश्वका नेताले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन्। संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, युरोपेली युनियनलगायत विश्वका नेताले पनि यो संक्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।  
चीनको हुबेई प्रान्तमा यस रोगबाट बढी नागरिक प्रभावित छन्।

प्रकाशित: ८ फाल्गुन २०७६ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App