८ वैशाख २०८१ शनिबार
समाज

वुहानबाट ल्याइएका कसैमा संक्रमण छैन

काठमाडौं- कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको वुहानबाट नेपाल ल्याइएका सबैमा भाइरसको संक्रमण नरहेको पाइएको छ। आइतबार वुहानबाट १७५ जनालाई नेपाल ल्याइएको थियो। स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुको नाक र घाँटीबाट स्याम्पल लिएर परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ पाइएको जानकारी दिइयो।

अहिलेसम्म नेपालमा २१० जनाको कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए। परीक्षण गरिएका मध्ये एक जनाको मात्र रिपोर्ट पोजेटिभ आएको र उनी अहिले स्वस्थ भएर घर फर्किसकेका छन्।

 

प्रकाशित: ७ फाल्गुन २०७६ ०८:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App