७ वैशाख २०८१ शुक्रबार
समाज

उपराष्ट्रपतिद्वारा भेरी–बबई आयोजनाको निरीक्षण

सुर्खेत- उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निरीक्षण गरेका छन्। उपराष्ट्रपति पुनले मंगलबार बेलुका भेरीगंगा नगरपालिकाको चिप्लेमा निर्माण भइरहेको बाँध र ब्यारेजस्थलको निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा उपराष्ट्रपति पुनले अन्तर जलाधार आयोजना भएकाले भेरी–बबईलाई नमूनाको रुपमा विकास गर्नुपर्ने बताए। उनले समय अगावै सुरुङमार्ग निर्माण हुनुका साथै लक्ष्य अनुसार काम भइरहेकोमा खुशी व्यक्त गरे।

कार्यक्रममा आयोजना निर्देशक सञ्जीव बरालले भइरहेको कामका विषयमा जानकारी गराएका थिए। उनले आयोजनाको काम तिब्रगतिमा भइरहेको बताउँदै हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको बताए। उनले २०८० सम्ममा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए।

भेरीको पानी १२.२ किलोमिटर सुरुङमार्फत बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत उत्पादनका साथै प्रदेश नम्वर–५ का बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुर्‍याउने लक्ष्य आयोजनाको छ। लक्ष्य भन्दा एक वर्षअघिनै सुरुङमार्ग निर्माण सम्पन्न गरेको आयोजनाले अहिले चिप्लेमा बाँध निर्माणको काम गरिरहेको छ। बाँधसँगै बबईमा विद्युतगृह निर्माण पनि सुरु गरिने आयोजना प्रमुख बरालले जानकारी दिए। बाँध र विद्युतगृह निर्माणको ठेक्का रमण–ग्याम्डोङ जेभीले पाएको छ।

 

प्रकाशित: ७ फाल्गुन २०७६ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App