८ वैशाख २०८१ शनिबार
राजनीति

अछाम पुगेर कांग्रेस नेता बडुले भने, ‘एमसिसी पास हुनुपर्छ’

अछाम - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडुले मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) पास हुनु पर्ने बताएका छन्। नेपाल प्रेस यूनियन अछामले बुधबार साफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बडुले एमसिसी पास भए  समृद्ध नेपाल निमार्णमा टेवा पुग्ने बताए।

राज्यका संवैधानिक निकायहरु पनि सरकारको प्रभावमा परेर काम गरिरहेको भन्दै उक्त कुरा संविधानको मर्म विपरित भएको बताए। ‘अख्तियार सरकारको प्रभावमा परेर काम गरिरहेको छ ।’ बडुले भने,भ्रष्टाचारीलाई कारवाही गर्नमा कांग्रेसको विरोध होइन। तर कानुनको प्रयोग विभेदपूर्ण भयो। यसमा कांग्रेसको गम्भीर आपत्ति छ।’

न्यायालयले सहि र गलत छुट्याउला तर त्यहा पु¥याउने बाटो नै गलत भयो। ललिता निवास प्रकरण बारे बोल्दै बडुले भने । सरकारले ल्याउन लागेका प्राय कानुन विधेयकहरु संविधानको मर्म विपरित छन्। सरकारले ल्याउने विकास बजेट सन्तुलित खालको छैन । सरकारको बजेटको प्राथमिक्ता पछाडि परेको क्षेत्रको बिकासका लागि छैन।

सुदूरपश्चिमको विकासका लागि सबै दल एक ठाउमा उभिनुपर्छ । पश्चिम सेती, अपर कर्णाली जस्ता आयोजना बन्नुपर्छ। एमसीसी नेपालको बिकासका लागि निकै आवश्यक छ। प्रजातन्त्र सस्थागत गर्न बिकास र सम्बृद्धि पहिलो आवश्यकता हो। त्यसका लागि एमसीसी आवश्यक छ भनेर कांग्रेसको नेतृत्वको सरकारले हस्ताक्षर गरेको हो।

एमसीसीको बिषय बारे कांग्रेस स्पस्ट छ। तर नेकपा भित्र केही दुविधा रहेको देखियो। सैन्य गठबन्धनमा जाने कुरा हाम्रो पनि समर्थन छैन।  कांग्रेसले शसक्त प्रतिपक्षको भूमिका खेल्न किन नसकेको भन्ने प्रश्नमा बडुले सरकारका गलत कामको बिरोध रचनात्मक रुपमा भैरहेको बताए। ‘कांग्रेस जिम्मेवार प्रतिपक्ष हो। नेकपाको जस्तो प्रतिपक्ष कांग्रेस होइन। पाटीमा आन्तरिक विवाद हुनु सामान्य हो। तर यसले गर्दा शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कुनै असर परेको छैन।’ मुलुकको सम्बृद्धिका लागि कांग्रेस नेतृत्वको सरकार जरुरी भएको उनको भनाइ थियो।

प्रकाशित: ७ फाल्गुन २०७६ ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App