सेक्युरिटी प्रेस खरिद प्रकरण

प्रस्ताव गर्ने कम्पनीको योग्यतामाथि प्रश्न

बुधबार, ०७ फागुन २०७६, ०७ : ०८ सुनिल सापकोटा

काठमाडौं - सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका लागि प्रस्ताव गर्ने कम्पनीको योग्यतामाथि नै प्रश्न उठेको छ। नेपालमा सेक्युरिटी प्रेस स्थापना गर्न फ्रान्स र जर्मनीका कम्पनीको योग्यतामाथि नै प्रश्न उठेको सार्वजनिक लेखा समितिका एक सदस्यले नागरिकलाई बताए।

नागरिकलाई प्राप्त कागजातअनुसारसरकार–सरकार (जिटुजी) माध्यमबाट सेक्युरिटी प्रेस खरिद गर्न फ्रान्सको आइएन ग्रुप र जर्मनीको भेरिडोस कम्पनीसँग प्रस्ताव माग गरिएको थियो। तर आइएन ग्रुप र भेरिडोससँग सफ्टवेयरमा मात्र अनुभव रहेको, दुवैले पोलीकार्बोनेट र उपकरण उत्पादन नगर्ने, हार्डवेयरमा समेत काम गरेको अनुभव नभएकाले विज्ञहरुसँग छलफल गर्दा ती कम्पनीलाई योग्य मान्ने आधार नरहेको लेखा समितिले औंल्याएको छ।

समितिका सभापति भरत शाहले सेक्युरिटी प्रेसको विषयमा छलफल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकलाई ८ गते बोलाइएको जानकारी दिए। सेक्युरिटी प्रेसको विषयमा कम्पनीका योग्यतालगायतका धेरै विषयमा उठेका प्रश्नबारे समितिको बैठकमा छलफल गरिने उनले बताए।

सुरक्षण मुद्रण केन्द्रले जोसँग लागत अनुमान तयार गरायो उसैसँग प्रस्ताव माग गरी प्रक्रिया अघि बढाउनु विधिसम्मत नदेखिएको लेखा समितिको ठहर छ।

ती कम्पनीको वेबसाइट र सम्बन्धित देशका एजेन्सीमार्फत बुझ्दा उनीहरुसँग बैंक नोट उत्पादन गर्ने अनुभव नरहेको लेखा समितिका एक उच्च अधिकारीले बताए। योग्यता नै नपुगेका कम्पनी छान्ने मूल्यांकन समिति र प्रस्ताव स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय नै आश्चर्यजनक रहेको उनको टिप्पणी छ। प्रस्ताव मूल्यांकन नै त्रृटिपूर्ण रहेकाले त्यसमा संलग्न अधिकारीहरुमाथि पनि छानबिन गरेर आगामी दिनमा यस्तो बदनियतपूर्ण काम नगर्न सचेत गराउनुपर्ने आवश्यकता देखिएको ती अधिकारीको भनाइ छ।

कसल्टेन्सीको मात्रै काम गर्ने ती कम्पनीले बीचमा कमिसन लिनेगरी महँगोमा प्रस्ताव पेस गरेको सहजै अनुमान लगाउन सकिने आधार रहेकोे लेखा समितिको निष्कर्ष छ।  सम्झौता गर्दा दुवै प्रस्तावमा सरकार सीधै संलग्न नभई एक्सपोर्ट क्रेडिट एजेन्सी (इसिए) मार्फत बैंक ग्यारेन्टी लिएर मात्र काम गर्ने नभिएको र दूतावासको मात्र सिफारिस रहेकाले कसरी जिटुजी भयो भन्दै समितिले सरकारसमक्ष प्रश्नसमेत उठाएको छ। प्रस्तावित कम्पनीहरुले तेस्रो र चौथो कम्पनीबाट खरिद गरेर दिने हो भने सरकारले सीधै उत्पादक कम्पनीसँग प्रतिस्पर्धामा किन खरिद नगर्ने भन्ने प्रश्न पनि समितिले उठाएको छ। सुरक्षण मुद्रण केन्द्रले जोसँग लागत अनुमान तयार गरायो उसैसँग प्रस्ताव माग गरी प्रक्रिया अघि बढाउनु विधिसम्मत नदेखिएको भन्दै समितिले अन्य प्रतिष्ठित कम्पनीहरुबाट कोटेसन माग गरी औसत हिसाबसमेत निकाल्ने काम नगरेको र लागत अनुमानसमेत वस्तुगत नभएको औल्याएको छ। यस विषयमा सञ्चार मन्त्रालयसँग जवाफ माग्ने तयारी समितिको छ।

नागरिकलाई प्राप्त कागजातअनुसार लेखा समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग ‘प्रस्ताव हेर्दा ऋण लिने भनिएको छ तर सरकारको निर्णय अर्थ मन्त्रालयबाट स्रोत जुटाउने भन्ने छ, ब्याज लागतको व्ययभारको अवस्था फरक हुन सक्छ, यत्तिकै अवस्थामा कसरी प्रस्ताव स्वीकार गर्न मिल्छ भन्दै प्रश्न उठाएको छ ।  भुक्तानीको मोडालिटी समेत स्पष्ट नरहेको समितिको ठहर छ।

सेक्युरिटी प्रेस स्थापना गर्ने कार्य खुला प्रतिस्पर्धाबाट अघि नबढाई जिटुजी प्रक्रियाबाट अघि बढाएको र जिटुजी प्रस्तावसमेत खुला आह्वान नगरी निश्चित देशलाई मात्र पठाइने कार्य शंकास्पद रहेको ठहर पनि समितिको छ।
नेपाललाई तत्काल आवश्यक पर्ने पासपोर्ट र अन्तःशुल्क स्टिकर छाप्नुपर्ने भएमा सोही अनुसार मेसिन खरिद गरी पछि चरणबद्ध रुपमा अपग्रेड गर्दा परियोजना सस्तो बन्ने कोटेसनबाट देखिएकोमा यतातर्फ विचार नपु¥याउनुको कारणसमेत लेखा समितिले सरकारलाई सोध्ने भएको छ।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad