coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ऐतिहाँसिक स्युराजमा स्मारक

कपिलवस्तु- सैनिकहरुको २ सय बर्ष पुरानो गाथाको सम्झनामा जिल्लाको बहादुरगंज गाबिसमा निर्माण गरिएको स्युराज स्मारकको आईतावार नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरेका छन्। सन १८१४ मा तत्कालीन ईस्ट ईन्डया कम्पनीका सैनिकहरुमाथी बिजय हासिल गरेको ऐतिहासिकता झल्काउन नेपाली सेनाको कालीजंग गणको अगुवाईमा स्मारक निर्माण गरिएको हो।

 प्रधानसेनापति क्षेत्रीले ऐतिहासिक स्युराज किल्लाका बिषयमा जानकारी समेत लिएका थिए। उनले स्मारक स्थलमा रोयल बोटल पामको बिरुवा समेत रोपेका थिए। तत्कालनी समयमा पाल्पागण राज्यको अन्तर्गत पर्ने क्षेत्रमा नेपाली सेनाले गरेको सो कार्यप्रति ईस्ट ईन्डीया कम्पीन आक्रोसित बनेको थियो। यही निउमा कम्पनीले नालापानी लगायतका ठाउँमा आक्रमण गरेको थियो। पछि नेपाल सरकार र कम्पनी बिच सुागैली सन्धी भएको थियो। नेपाली सेनको कालीजंग गणले एक बर्ष देखि उत्खनन र मर्मत गरी स्थानीयको सहयोगमा स्मारक निर्माण गरेको थियो । उत्खननकाक्रममा त्यति बेला सैनिकले प्रयोग गरेको भाडाकुडा, तथा ईनार समेत फेला परेको कालीजंग गणका गणपति पदम बुढामगरले बताए।

केही जग्गा अधिग्रहण गरी १ बिघा १२ कठ्ठामा स्मारक निर्माण गरिएको हो । लुकेको गौरवमय ईतिहासलाई बाहिर ल्याउन स्मारक निर्माण गरिएको गणपति बुढाले बताए । खण्हर बनेको स्थलमा सरसफाई मर्मत, रंगरोग गरी सुन्दर बनाईएको छ। ‘ हामीले नेपाली सेनाको ऐतिहासिक सम्पदाको जगेर्न खोजेका हौ ’ उनले भने । ब्यारेक कै हाता भित्र रहेको निर्माण गरिएको पार्क ३ कठ्ठा क्षेत्रमा छ। स्मारक १५ फिट अग्लो तथा ३ फिट चौडा र ४ फिट लामो छ । तत्कालीन सयमको बिरगथालाई जिवन्तता दिन नेपाली सेनाको टोलीले नाटक समेत प्रस्तुत गरेका थिए।

 

प्रकाशित: १७ पुस २०७३ १३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App