coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रत्येक पालिकामा सरकारी अस्पताल : मन्त्री बराल

कपिलवस्तु- प्रदेश–५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वास्थ्य सेवाको पहुँच बढाउन प्रत्येक पालिकामा अस्पताल निर्माण गरिने बताएका छन्। मन्त्री बरालले एक पालिका एक अस्पतालको अवधारणा अघि बढेको भन्दै अस्पतालमा प्रयाप्त मात्रामा औषधि, विभिन्न उपकरण, बर्थिङ सेन्टर, उपलब्ध गराउन प्रदेश सरकारले योजनाबद्ध तरिकाले काम गरेको बताए।

स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन प्रदेश सरकारले सरकारी अस्पतालको स्तरोन्नती गर्ने कार्य समेत अघि बढाएको उनले बताए। कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। ‘सरकारी अस्पतालको भौतिक अवस्था सुधारका लागि प्रदेश सरकारले विशेष योजना ल्याएको छ’ उनले भने। उनले जनतालाई स्वास्थ्य सेवा दिइने सरकारको दायित्व भएको बताए।

स्वास्थ्य सेवा सर्वसुलभ, सहज र तत्काल प्राप्त गर्न सक्ने वातावरण संविधानले परिकल्पना गरेको हुँदा सेवा प्रवाह गर्न राज्य सक्षम हुनुपर्ने मान्यताका साथ प्रदेश सरकारले काम अगाढी बढाई रहेको बताए। स्वाथ्य जस्तो संवेदनशील क्षेत्रमा सरकारले विशेष योजना बनाएरै काम गर्दैछ, जनतालाई महसुस हुने गरी नै काम भइरहेको उनले जिकिर गरे। २०६९ मा निर्माण सुरु गरिएको १२ करोड रुपैयाँ लागतको भवन यस वर्ष मात्र निर्माण सम्पन्न गरिएको हो।

भारतीय सरकारको सहयोगमा २०२८ सालमा स्थापित अस्पतालले अहिले भौतिक, मानवीय स्रोतसाधन र सेवामा फड्को मारेको छ। १५ श्ययाको अस्पताल भवन ६ वटा ब्लकमा निर्माण छ भने उक्त अस्पताल जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पताल हो। प्रदेशसभा सदस्य तथा सामाजिक विकास संयोजक दिर्घनारायण पाण्डेयले मान्छेको स्वाथ्य नै प्रमुख सम्पत्ति भएकाले अस्पताल व्यवस्थित रूपमा प्रयोग गर्नुपर्ने भन्दैे जिल्लाको विकास जनताको माग र आवश्यकताको आधारमा तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिए।

प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव, सहसराम यादवले कपिलवस्तु अस्पतालले सेवा सुबिधा बढाउदै लगेको र यससंगै अस्पतालको भौतिक र बिरामीहरुको उपचार सेवा सुबिधाको स्तरमा उल्लेखनीय रुपमा सुधार आएको बताए। उनीहरुले अस्पताललाई ५० श्ययाको बनाउनु पर्नेमा जोड दिए।

यस्तै पूर्वमन्त्री दीपकुमार उपाध्यायले सरकारी अस्पतालको सेवा सुबिधा बढाउनु पर्ने बताए। स्वास्थय सेवा निर्देशनाललयका निर्देशक डाकटर बिनोद गिरीले प्रदेश सरकारले जिल्ला अस्पालमा चार किसिमको बिशिष्ट सेवा सञ्चालको लागि पहल गरेको बताए। सो अवसरमा तौलिहवा अस्पतालका मेडीकल सुप्रीन्डेन्ट किशोर बन्जाडेले ६ वर्षको अथक प्रयासपछि अस्पतालको भौतिक र सेवा सुबिधामा निकै सुधार आएको दावी गरे। जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालको सञ्चालमा भएको कार्यक्रममा अस्पतालका व्यवस्थापक रत्नाकर शुक्ला, लगायतले मन्तब्य दिएका थिए।

यसैबीच नेपला अथौपेडिक अस्पताल काठमाडौको आयोजनामा कपिलवस्तु अस्पतालमा मंगलबारदेखि ३ दिने हार्डजोर्नी र नशा सम्बन्धि शिविर सुरु भएको छ। शिविरमा सबै सेवा निःशुल्क हुने अस्पतालले जनाएको छ।

 

प्रकाशित: ६ फाल्गुन २०७६ १४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App