७ वैशाख २०८१ शुक्रबार
अर्थ

चन्द्रागिरी जान निःशुल्क बस सेवा

चन्द्रागिरीबाट निःशुल्क बस सेवाको सुभारम्भ गर्दै हिल्सका अध्यक्ष चन्द्र ढकाल

काठमाडौं— चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी जाने आन्तरिक र विदेशी पर्यटकलाई लक्षित गरेर निःशुल्क बस सेवा सुरु गरेको छ। चन्द्रागिरी घुम्न जान चाहाने पर्यटकहरुको सुविधालाई ध्यानमा राखेर उपत्यकाका विभिन्न ठाउँबाट बस सेवा सञ्चालन गरेको हो।

निःशुल्क बस सेवाको चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुभारम्भ गरे। ‘चन्द्रागिरी आउन चाहानेलाई सजिलोको लागि बस सेवा सुरु गरेका हौं,’ ढकालले भने, ‘यसबाट पर्यटकलाई व्ययभार कम हुनेछ।’ उद्घाटनको छोटो समयमै पर्यटक आगमन वृद्धि भएको उनले बताए। ‘स्वदेशीमात्र नभएर विदेशी पर्यटकको चन्द्रागिरीमा आकर्षण बढेको छ,’ उनले भने, ‘ चन्द्रागिरीले पर्यटकको नेपाल बसाइ लम्बाएको छ।’

मौसममा आएको परिवर्तनसँगै आइतबार वर्षासँगै चन्द्रागिरी डाँडामा हिमपात भएको छ। हिउँ हेर्न आन्तरिक पर्यटकको भिड लागेको छ। हिउँमा खेल्नको लागि राजधानीका युवायुवती त्यहाँ पुगेका थिए।

कम्पनीले विदेशमा समेत नेपाल प्रचारसमेत सुरु गरेको जनाएको छ। गैरआवासीय नेपालीहरुमार्फत यो अभियान सुरु गरेको उनले जानकारी दिए। ‘एनआरएनसाथीहरु पनि यो परियोजनाबाट निकै उत्साहि हुनुहुन्छ,’ ढकालले भने, ‘पर्यटन क्षेत्रमा नेपालकै नमुना परियोजना भएकाले सबैको आकर्षण बढेको छ ।’

चन्द्रागिरी हिल्सले चन्द्रागिरी केबलकारको टिकट काटेका पर्यटकलाई काठमाडौंका महाराजगञ्ज र  कोटेश्वरस्थित भाटभटेनी सुरपमार्केटबाट हरेक दिन बिहान बस छुट्ने व्यवस्था मिलाएको छ। महाराजगञ्जबाट छुट्ने बस नयाँ बसपार्क, बालाजु भाटभटेनी, स्वयंभु, कलंकीहुँदै चन्द्रागिरी केबलकार स्टेशनसम्म पुग्नेछ। त्यसैगरी कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकीहुँदै चन्द्रागिरी पुग्नेछन्।

चन्द्रागिरी पर्यटकीय मात्र नभएर धार्मिक स्थलको रुपमा विकास भएको हिल्सका सञ्चालक अम्बिका पौडेलले बताए। ‘भालेश्वर मन्दिरको दर्शन गर्न आउनेको संख्या दिनानुदिन बढ्दैछ,’ उनले भने ।

चन्द्रागिरी डाँडामा निर्माण गरिएका भ्यू टावर, बालउद्यान, भालेश्वर मन्दिर त्यहाँबाट देखिने हिमसश्रृङला सबैको आकर्षण बनेका छन्। त्यहाँबाट राजधानी सहर, सगरमाथादेखि पश्चिममा काञ्जिरोवा हिमाल एवं अन्य हिमश्रृंखला सहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, मकवानपुर, चितवनका पहाडी क्षेत्रसमेत देख्न सकिने महाप्रबन्ध अभिशेक बिक्रम शाहले बताए।

चन्द्रागिरीमा हिमपात

मौसममा आएको परिवर्तनसँगै आइतबार वर्षासँगै चन्द्रागिरी डाँडामा हिमपात भएको छ। हिउँ हेर्न आन्तरिक पर्यटकको भिड लागेको छ। हिउँमा खेल्नको लागि राजधानीका युवायुवती त्यहाँ पुगेका थिए।

गत साउनको अन्तिमसाताबाट सुरु भएको केबलकार सेवाको मंसिर ३० गतेबाट औपचारिक सुरुवात गरिएको थियो। अहिलेसम्म करिब २ लाख २५ हजार पर्यटकले केबलकार चढेर चन्द्रागिरी पुगेको कम्पनीले जनाएको छ।

प्रकाशित: १७ पुस २०७३ १३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App