बलात्कार आरोपितलाई पाँच दिन म्याद थप

मङ्गलबार, ०६ फागुन २०७६, १९ : २६ मोहम्मद हबिब

भैरहवा- रुपन्देहीको सम्मरीमाई गाउँपालिका-३ थुम्हवा पिपरहवामा भएको नाबालिक किशोरीमाथि सामूहिक बलात्कारको आरोपीहरुलाई रुपन्देही जिल्ला अदालतले अनुसन्धानको लागि ५ दिनको म्याद थप गरेको छ।

आइतबार राति स्थानीय १६ वर्षिया नबालिग किशोरीलाई तीन जना युवाहरुले जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा पीडितले उजुरी गरेपछि आरोपित सम्मरीमाई गाउँपालिका वडा नम्बर ३ बस्ने पंकज तिवारी, ब्रिजेश त्रिपाठी र जवन्त कहारलाई अदालतले ५ दिनको म्याद थप गरि प्रहरीले अनुसन्धान गरिरहेको छ।

अनुसन्धानमा आरोपितहरुले आफूले गरेको अपराध स्विकार गरेको जनाउदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक खडक्बहादुर खत्रीले मंगलबार तीनै जनाको म्याद थप भएको र आरोपित तिनै जनाविरुद्ध जवरजस्ती करणीको मुद्दा दर्ता गरिएको बताए।

गाउँमा महायज्ञ लागेको बेला राती करिब ११ वजे स्थानिय युवाहरुले घरबाट बोलाएर निर्माणाधीन घर भित्र सामूहिक बलात्कार गरेको पीडित किशोरीलाई उद्धृत गर्दै परिवारका सदस्यले जानकारी  दिएका छन्।

पारिवारिक स्रोतका अनुसार घटना भएको भोली पल्ट बिहान पीडितले आफ्नी बहिनीसँग इलाका प्रहरी कार्यालय मर्चवारमा जानकारी गराएकी थिइन्। आइतबार राति महायज्ञ चलिरहेको बेला युवाले घरबाट बोलाएर लगेको थियो। नजिकै बनिरहेको खाली घरमा पछि ३ जनाले सामूहिक रुपमा घटना घटाएका हुन्। २ वर्षदेखि पीडितका बुवा र आमा उपाचारर्थ भारतको मुम्बईमा रहदै आएका छन्। एक भाई, एक बहिनी र पीडित अपाङ हजुरबुवासँग बस्दै आएका छन्।

भिम अस्पतालले आरोपित र पीडितको स्वास्थ्य परिक्षणका लागि नमुना संकलन गरी परिक्षण गरिरहेको छ। नुमना संकलनपछि पीडित आफ्नो घर गएकी छन् भने पिडकलाई प्रहरी नियन्त्रणमै राखिएको छ।
पाण्डे थुम्हवाकी पीडित कहार थरकी परिवारको जेठी छोरी हुन्। पीडित र एक युवासँग प्रेम सम्बन्ध थियो भन्ने बुझिएको छ। निर्माणाधिन भवनमा प्रेमीहरु बसिरहदा २ जना युवाहरु आएर सामूहिक बलात्कार गरेको स्रोतले जनाएको छ।





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad