coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बिहीबारदेखि अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता हुने

भक्तपुर- भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ८ गतेदेखि १२ गतेसम्म हुने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको तयारी पूरा भएको नगरपालिकाले जनाएको छ। मंगलबार भएको पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख एवं प्रतियोगिता मूल समितिका संयोजक सुनिल प्रजापतिले प्रतियोगिताको अन्तिम तयारी पूरा भएको बताए। निर्वाचनको समयमा जनताबीच व्यक्त प्रतिवद्धता पूरा गर्ने सिलसिलास्वरुप नगरपालिकाले हरेक वर्ष खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको उनले बताए।    

यसअघि नगर प्रमुखको संयोजकत्वमा प्रतियोगिता मूल समिति र अन्य १२ वटा उपसमिति गठन गरी काम गरिरहेको थियो। प्रतियोगितामा फिल्ड इभेन्ट्स अन्तर्गत सटपुट, लङ जम्प, ज्याभलिन थ्रो, डिसक्रस थ्रो, हाइ जम्प, ट्रिपल जम्प हुने जनाइयो। ट्रयाक इभेन्ट्सअन्तर्गत एक सय, दुई सय, चार सय, आठ सय एक हजार पाँंच सय पाँंच हजार १० हजार मिटरमा हुने सम्मेलनमा जनाइयो।

यस्तै ४२.१९५ कि.मी (म्याराथुन), २१.०९ कि.मी (हाफ म्याराथुन) पनि हुने जनाइयो। फिल्ड इभेन्ट्समा प्रथम हुनेलाई पाँंच हजार, द्वितीयलाई तीन हजार र तृतीयलाई दुई हजार रुपैयाँ दिइने छ। त्यस्तै, ट्रयाकतर्फ प्रथम हुनेलाई पाँंच हजार रुपैयाँ, द्वितीयलाई तीन हजार र तृतीयलाई दुई हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने जनाइएको छ। म्याराथुनमा प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने जनाइयो। हाफ म्याराथुनमा प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने सम्मेलनमा जनाइएको छ।

अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको अनुमानित लागत ३० लाख रुपैयाँ रहेको जनाइएको छ। फागुन १ गतेसम्म प्रतियोगितामा भाग लिने खेलाडीहरूको नाम दर्ता गराउन समय दिइएकोमा जम्मा १६ वटा नगरपालिकाहरूले आफ्ना खेलाडीहरू पठाउन नाम दर्ता गराएको सम्मेलनमा जनाइयो। अन्तरनगर एथ्लेटिक्स प्रतियोगितामा घोराही उपमहानगरपालिका–दाङ, ललितपुर महानगरपालिका– ललितपुर, चाँगुनारायण नगरपालिका– भक्तपुर, रामेछाप नगरपालिका– रामेछाप, किर्तिपुर नगरपालिका–किर्तिपुर, शंखरापुर नगरपालिका– काठमाडौं, मनोहरा कागेश्वरी नगरपालिका–काठमाडौं, मध्यपुर थिमी नगरपालिका– भक्तपुर, चौडण्डीगढी नगरपालिका–उदयपुर, टोखा नगरपालिका–काठमाडौं, भक्तपुर नगरपालिका, साँगाचोक चौतारा गढी नगरपालिका– सिन्धुपाल्चोक, मन्थली नगरपालिका– रामेछाप, भरतपुर महानगरपालिका–चितवन, रत्ननगर नगरपालिका– चितवन, विदुर नगरपालिका–नुवाकोट गरी १६ वटा नगरपालिकाको सहभागिता रहनेछ।

पत्रकार भेटघाट कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समिति संयोजक श्यामकृष्ण खत्री, नेपाल एथ्लेटिक्स संघका सचिव राधाकृष्ण बिष्टलगायतले भक्तपुर नपाको आयोजनामा हुने एथ्लेटिक्स प्रतियोगिता अन्तर्राष्ट्रिय मूल्य–मान्यताअनुसार खेलाइने र यो राष्ट्रिय स्तरकै खेल प्रतियोगिता भएको बताए। कार्यक्रममा नगर प्रमुख प्रजापतिले अन्तर नगर एथ्लेटिक्स प्रतियोगितामा सहभागी खेलाडीहरुलाई ट्र्याक सुट पनि वितरण गरे।

प्रतियोगिताको उद्घाटन र्‍याली फागुन ८ गते बिहान ८ बजे भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट सुरु भई नगर परिक्रमा गरेर भनपा २ सहिद स्मृति खेल मैदानमा नेपाल मजदुर किसान पार्टीका श्रद्धय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गर्ने छन्।

 

प्रकाशित: ६ फाल्गुन २०७६ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App