८ वैशाख २०८१ शनिबार
समाज

टिप्परले टेम्पोलाई ठक्कर दिँदा भारतीयको मृत्यु

राजविराज- सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र ६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले जनाएको छ। सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता हुनेक्रममा टेम्पो दुर्घटना परेको थियो। दुर्घटनाका घाइतेको विभिन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ६ फाल्गुन २०७६ ०८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App