४ वैशाख २०८१ मंगलबार
समाज

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

कलैया- मोटरसाइकल दुर्घटना हुँदा बारामा तीन जनाको मृत्यु भएको छ। लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नंको मोटरसाइकलमा सवार पतरौता नगरपालिका–९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

उनले लङ्गडाचोकबाट बाजोपटीतर्फ जाँदै गरेको ना२३प २७४६ नंको मोटरसाइकल डोरा खोलामा दुर्घटना हुँदा पतरौता नगरपालिका–८ बस्ने २२ वर्षीय मोटरसाइकल चालक विजय यादव र सोही वडाका ५५ वर्षीय रामेश्वर यादवको समेत घटनास्थलमा सोमबार मृत्यु भएको जानकारी दिए।

मृतक तीनै जनाको शव जिल्ला अस्पताल कलैयामा राखिएको र परीक्षणपछि अफन्तजनलाई बुझाउने प्रहरीले जनाएको छ।  यसअघि डोरा पुलमा दुई जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु भइसकेको छ। रासस

प्रकाशित: ६ फाल्गुन २०७६ ०८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App