coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

जापानमा टोपी दिवश मनाइयो

जापानमा चौथौं अन्तराष्ट्रिय ढाका टोपी दिवस मनाईएको छ। मेन्स रूम रिलोडेड (एम.आर.आर.) नामक संस्थाको आयोजनामा "राष्ट्र र राष्ट्रियताको प्रतिक ढाका टोपिलाई बिश्वभरि चिनाऔ" भन्ने नाराका साथ आइतबार टोकियोको शिनओकुबोमा सो दिवस मनाईएको हो।

जापानवासी नेपालीहरूका साथै जापानी नागरिकको समेत उपस्थिती रहेको कार्यक्रममा नेपाली ढाका टोपी र नेपाली राष्ट्रियताका बारेमा समेत चर्चा भयो।

नेपाल-जापानको सम्बन्धलाई मजबूत बनाउन उल्लेखनीय भूमिका निर्बाह गर्दै आएका जिज्ञान कुमार थापा,नेपाल र नेपालीलाई अत्यन्तै माया गर्ने जापानी नागरीक हारुहितो नोजु (जसले नेपाली भाषामा स्नातकोत्तर गरेका छन्) अरुन पुरी,समाजसेवि एवम युवा ब्यबसायी पुष्कर जंग थापा,समाजिक ब्यक्तित्व सरोज कुमार खत्रि तथा डाक्टर बिजय ज्ञवाली लगायतले आ-आफ्ना धारणा राखेका थिए।

हामीले प्रवासी  नेपालीहरुबीच आपसि सद्भाव र भाईचारा अभिबृद्दि गराउने उदेश्यले एकआपसमा ढाका टोपि लगाई ढाकाटोपी दिवस मनायौं,एम आर आर का सक्रिय सदस्य समीरदेव खनालले भने हामी प्रवास भए पनि हाम्रो मनमा राष्ट्रप्रति अगाध प्रेम छ।

प्रकाशित: १७ पुस २०७३ १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App