७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

कश्मीर मामलाकी आलोचक बेलायती सांसदलाई दिल्ली विमानस्थलमा रोक

नयाँ दिल्ली- भारतले बेलायती सांसदलाई विमानस्थलमा रोकेको छ। लेबर पार्टीकी सांसद डेबी अब्राहम्सलाई भिसा दद्ध भएको भन्दै दिल्ली विमानस्थलमा रोक लगाएको हो।

सांसद डेबी कश्मीर मुद्दाको आलोचक हुन्। उनी कश्मीर माथि बनाएको बेलायती संसदीय समितिको अध्यक्ष समेत हुन्। दिल्ली विमानस्थलमा अध्यागमनका अधिकारीले आफ्नो भिसा किन रोकिएको बारे केही नबताएको बीबीसीले जनाएको छ।

सांसद डेबी आफ्नो निजी भ्रमणको सिलशिलामा भारत आएकी थिइन्। सोमबार इमिरेट्सको उडानबाट दिल्ली विमानस्थलमा उत्रिए सँगै अध्यागमन अधिकारीले उनको भिसा रद्ध भएको बताएका थिए।

यस विषयमा प्रतिक्रिया दिँदै उनले आफुलाई एक अपराधीलाई जस्तो व्यवहार भएको बताएकी छन्। 'मलाई आशा छ मेरो परिवार र साथीहरु सँग भेट हुन दिनेछन्,' उनले भनेकी छन्।

'एक अधिकारीले मेरो पासपोर्ट लिएर गए। करिव १० मिनेट पछि पुन: आएका उनले निकै अभद्र व्यवहार गर्दै कराउँदै आफ्नो साथ जान भने,' उनले घटना विवरण सुनाएकी छन्। उनलाई डिपोर्ट सेलमा राखिएको थियो।

अघिल्लो वर्ष अगस्टमा डेबीले तत्कालिन ब्रिटिस विदेशमन्त्रीको एक पत्र लेख्दै भारतको कश्मीर अनुच्छेद ३७० हटाउँदा बेलायती संसदीय दल चिन्तित भएको र भारत सरकारको यो कदमले जम्मु- कश्मीर माथि विश्वासघात भएको बताएकी थिइन्।

 

प्रकाशित: ६ फाल्गुन २०७६ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App