७ वैशाख २०८१ शुक्रबार
समाज

मुस्ताङमा हिमपात, जनजीवन प्रभावित (फोटो फिचर)

मुस्ताङमा अाइतबार परेकाे हिउँ।

म्याग्दी–मुस्ताङमा आइतबार दिउँसो देखी हिमपात भएको छ। जिल्लाको सदरमुकाम जोमसोमसहित १६ ओटै गाविसमा परेको हिमपात भएपछि जनजिवन प्रभावित भएको छ। हिमपातसँगै यातायातका साधन अवरुद्ध हुनुका साथै पैदलयात्री अलपत्र परेका छन्।

सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ,झोङ, छुसाङ, घमी, सुर्खाङ, चराङ, लोमान्थाङका साथै म्याग्दी जिल्लासँग सीमा जोडिएको लेते गाविसमा  विहानदेखि लगातार हिमपात भइरहेको छ। एक्कासी चिसो बढेसँगै भएको हिमपातपछि  आवतजावतमा समेत समस्या भएको निरज थकालीले बताए। उनका अनुसार जोमसोममा विस्तारै बाख्लो हिमपात भएपछि सर्वसाधारण, पर्यटक घर भित्र बसेका छन् ।

हिमाल आसपासका क्षेत्रमा करिव एक फिट भन्दा बढी हिमपात भएको छ। यसैबीच म्याग्दीको उच्च हिमाली भेगमा परेको हिमपातले जनजिवन प्रभावित बनाएको छ। सिमसिम पानीसँगै गुर्जा, मुदी, चिमखोला, दाना, नारच्याङ लगाएतका हिमाली बस्तीमा समान्य हिमपात भएको छ । सदरमुकाम बेनीबजारमा समेत बर्षा भएको छ।

तस्बिर सौजन्यः तुलसी दाहाल र हरिहर योगी

मुस्ताङमा अाइतबार परेकाे हिउँ।
मुस्ताङमा अाइतबार परेकाे हिउँ।
मुस्ताङमा अाइतबार परेकाे हिउँ।
मुस्ताङमा अाइतबार परेकाे हिउँ।
मुस्ताङमा अाइतबार परेकाे हिउँ।
मुस्ताङमा अाइतबार परेकाे हिउँ।
मुस्ताङमा अाइतबार परेकाे हिउँ।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App