coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मुम्बईको बेश्यालयमा श्रीमती बनाएर युवती बेच्ने पक्राउ

काठमाडौं – गलैचा मजदुरलाई बम्बईको कोठीमा बेच्ने भोटे लामा भनिने ल्वाङ लामा घटनाको २३ वर्षपछि पक्राउ परेका छन। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मकवानपुरबाट पक्राउ गरेका लामालाई आईतबार सजाय भुक्तानका लागि भिमफेदी कारागारमा थुन्न मकवानपुर अदालतले आदेश दिएको छ।

ब्युरोका अनुसार २०५० साल भदौमा  कुपण्डोलमा रहेको  गलैचा कारखानामा काम गर्ने दुई युवतीलाई विवाहको प्रलोभन देखाएर लामा सहित तीनजनाको समूहले  बम्बईको बेश्यालयमा जनही पचास हजार भारतीय रुपैयाँमा बेचेका थिए । घटनामा संलग्न रहेका गोपाल स्याङतान र तितुङ तामाङ पक्राउ परेपनि लामा भने फरार रहेका थिए ।

‘युवतीहरुलाई विवाहको प्रलोभन देखाएर बेचेको अनुसन्धानमा खुलेको थियो, धरौटीमा छुटेका ल्वाङ भने फरार भए,’ ब्युरोका एसपी मिरा चौधरीले भनिन । उनका अनुसार बम्बईको बेश्यालयमा बेचिएका दुबै युवती २०५८ मा भागेर नेपाल फर्केपछि तीनैजना बिरुद्ध जाहेरी दिएका थिए । तत्काल पक्राउ परेका ल्वाङ काठमाण्डौं जिल्ला अदालतबाट धरौटी तारेखमा छुटेका फैसला पछि फरार थिए ।

पूनरावेदन अदालत पाटनले जिउ मास्ने बेच्ने मुद्दामा २०५८ असोज १७ गते मकवानपुर पदमपोखरी गा.बि.स. वडा नं. १ बस्ने भोटे लामा भन्ने ल्वाङ्ग लामालाई पाँच बर्ष कैद हुने ठहर गरेको थियो ।  ब्युरोका अनुसार गोपाल स्याङतानले नक्कली विवाह गरेकी युवतीका साथ घुम्न भन्दै अर्की युवती समेतलाई बम्बई पु¥याएका हुन । युवतीलाई बेश्यालयमा बेचेर आएको रकम मध्ये पचास हजार गोपाल एक्लैले लिएको र बाँकी पचास हजार ल्वाङ र तितुङले आपसमा बाडेका हुन । घटनाका समय भोटे लामाले चिनिने लामा घटनापछि मकवानपुरको पदमपोखरीमा समाजसेवी र स्थानिय उपक्तोक्ता तथा अन्य सार्वजनिक समितिमा अध्यक्ष बनेर बसेका थिए ।

प्रकाशित: १७ पुस २०७३ १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App