७ वैशाख २०८१ शुक्रबार
खेल

खप्तड गोल्डकपको ट्रफी सार्वजनिक

धनगढी - अगामी फागुन ९ गतेदेखि धनगढीमा सञ्चालन हुने सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको ट्रफी सार्वजनिक गरिएको छ। आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रफी सार्वजनिक गरेको हो।

 फागुन २० गतेसम्म यो प्रतियोगिता सञ्चालन हुनेछ। क्लबका अध्यक्ष सुरेश हमालले तयारी अन्तिम चरणमा पुगेको बताए। ‘८० प्रतिशत तयारी सकिएको छ, अन्य तयारी पनि केही दिनमा पूरा हुनेछ,’ उनले भने। सार्वजनिक गरिएको खेलतालिकाअनुसार उद्घाटन खेलमा फागुन ९ गते बागमती क्लब र कञ्चनजंघा फुटबल क्लब इन्डियाबीच प्रतिस्पर्धा हुनेछ। यीमध्ये विजेताले फागुन १३ मा हुने सेमिफाइनल प्रवेशका लागि सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ। फागुन १० मा नेपाल एपिएफ काठमाडौं र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुनेछ। विजेताले फागुन १५ मा सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ।

फागुन ११ मा नव जनजागृति क्लब सिमरा र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। विजेताले सेमिफाइनल प्रवेशका लागि फागुन १४ मा रुस्लान थ्री स्टार क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ। फागुन १२ मा गोर्खा ब्वाइज रूपन्देही र कोबा फुटबल क्लब क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ। विजेताले सेमिफाइनल प्रवेशका लागि सिएमजी संकटा काठमाडौंसँग फागुन १६ मा प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनल फागुन १७ र दोस्रो १८ गते हुनेछ। फाइनल फागुन २० मा हुनेछ। प्रतियोगितामा दुई विदेशीसहित १२ टोली सहभागी हुनेछन्। प्रतियोगिताको विजेतालाई २१ लाख १ रूपैयाँ तथा उपविजेतालाई १० लाख १ रूपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

धनगढी रंगशालामा हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्‍न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिनेछ।

प्रकाशित: ६ फाल्गुन २०७६ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App