७ वैशाख २०८१ शुक्रबार
अर्थ

ढाका टोपीको बिक्री बढ्यो

पाल्पा- आज टोपी दिवस। ढाका टोपी भन्नासाथ पाल्पाको पहिचान जोडिएको हुन्छ। विगत तीन वर्षदेखी मनाईंदै आएको टोपी दिवसमा पाल्पाली पहिचान बनेको ढाका टोपीको बिक्रि पनि बढेको छ। २०१५ साललेखि ढाका उद्योग सञ्चालन भएको पाल्पामा टोपी दिवसले पनि बिक्रि बढाएको छ।

नेपालीले चौथो अन्तर्राष्ट्रिय टोपी दिवस मनाईरहँदा जिल्लामा समग्र ढाकाको कारोबारमा वृद्धि भएको छ। अन्य दिनहरुको तुलनामा व्यापारमा वृद्धि भएको पाल्पाली मदनपोखरा ढाकाका प्रोप्राईटर शीतम भण्डारीले बताईन्। उनी भन्छिन्, ‘प्राय दिनहरुमा पच्चिस हजार रुपैयाँसम्मको व्यापार हुँदै आएकोमा ढाका टोपीको व्यापार बढेकाले आईतबारमात्र तीस हजार बढीको व्यापार भएको छ।’

आन्तरिक पर्यटकका कारण ढाका कपडाको कारोबारमा वृद्धि भएको पौड्याल ढाका पसलका सञ्चालक मनोज पौड्यालले बताए। टोपी दिवसका अवसरमा धेरैले टोपी किन्न आएका छन् । शैक्षिक भ्रमण गर्नेको संख्या दैनिक बढ्दै जाँदा ढाकाको कारोबारमा वृद्धि भएको पौड्यालले बताए। टोपी, चोली, पछ्यौरामा मात्र सीमित पाल्पाली ढाकामा विविधिकरण भएपछि ढाका कपडाको व्यापार अझै फस्टाउँदै गएको हो । अहिले पर्स, टाई, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल तथा गिफ्ट सामाग्री समेत ढाकाकै निर्माण हुन थालेको छ।

पहिलो ढाका उद्यमी पूर्णमाया महर्जनले ढाका उद्योग उद्यमी बन्ने बलियो माध्यम भएको बताउँछिन्। उनल आफ्नो घरमै एक/दुई तान राख्ने र फुर्सदमा बुन्नेहरुले दैनिकी राम्ररी चलाएको बताउँछिन्।

जिल्लामा बीस वटा ढाका उद्योगहरु दर्ता भई सञ्चालन भएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख बालकृष्ण गैरैले बताए। उनी भन्छन्, 'सदरमुकाम तानसेनसँगै ग्रामीण भेगहरुमा समेत उद्योग खुल्नेक्रम छ। कसेनी, मदनपोखरा, कुसुमखोला, चिर्तुङ्धारा, बन्दिपोखरा, अर्गली गाविसहरुमा पनि उद्योग सञ्चालनमा छन्, यहाँबाट ३ सय भन्दा बढी महिलाहरुले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्।

 

प्रकाशित: १७ पुस २०७३ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App