coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘प्रकाण्ड’ का छोरा नरेन्द्र पक्राउ

काठमाडौं – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा नरेन्द्र विश्वकर्मा सोमबार नयाँ वानेश्वरबाट पक्राउ परेका छन्।

चन्दा असुली, आतंक, नाराजुलुसजस्ता अराजक क्रियाकलापमा संलग्न पाइएको भन्दै महानगरीय अपराध महाशाखा टेकुको टोलीले हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो। उनीसँगै सोही पार्टीनिकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रकाश विक पनि पक्राउ परेका छन्। उनीहरू अहिले महाशाखाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुवै जनामाथि केही दिन अनुसन्धान गरिने महाशाखाका प्रवक्ता मुकेश सिंहले जानकारी दिए।

उनका अनुसार प्रतिबन्धित पार्टीले कुनै कार्यक्रम वा नाराजुलस गर्न पाउँदैन। त्यस्तो गरेको पाएमा प्रहरीले पक्राउ गरी कारबाही गर्छ। यसअघि सो पार्टीका कैयौं कार्यकर्ता पक्राउ परेका थिए। ‘गैरकानुनी गतिविधिमा संलग्न भएको सूचना प्राप्त भएपछि हामीले पक्राउ गरेका हौं,’ उनले भने, ‘दुवैजनामाथि केही दिन अनुसन्धान हुनेछ।’

प्रकाशित: ६ फाल्गुन २०७६ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App