७ वैशाख २०८१ शुक्रबार
राजनीति

मन्त्रालयको जिम्मेवारी कसैले दिएको होइन, आवश्यकताले दिएको होः कानुनमन्त्री तुम्बाहाङ्फे

काठमाडौं - नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले आवश्यकताले कानून मन्त्तालयको जिम्मेवारी पाएको बताएकी छन्। पदभार सम्हालेपछि आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री तुम्बाहाङ्ले मन्त्रालयको जिम्मेवारी कसैले दिएको नभइ आवश्यकताले दिएको बताइन्।

उपसभामुखबाट राजीनामा दिएपछि कानून मन्त्रालय दिने योजना सहमति भएको थियो? भन्ने पत्रकारहरुको प्रश्नमा उनले कुनै योजनावद्ध नभइ आवश्यकताले जिम्मेवारी पाएको बताइन्। ‘यो लिने दिने चिज होइन्। यो आवश्यकता हो। आवश्यकताले मन्त्रालयको जिम्मेवारी पाइएको हो’, उनले भनिन्।

उपसभामुख पदमा रहेका काम गर्दाको अवस्था र अहिलेको अवस्था फरक रहेको उल्लेख गर्दै तुम्बाहाङ्फेले संसदमा सिस्टम बसालेर आफु बाहिरिएको बताइन्। गत माघमा राजीनामा दिँदै गर्दा आफुले युटर्न गर्छु भनेको थिए। त्यसै अनुसार मन्त्रालयको जिम्मेवारीमा आएँ। जिम्मेवारी निर्वाह गर्दा फिल्डभित्र बसेर काम गर्दा प्रभाव हुन्छ भनेर नै जिम्मेवारी सम्हालेको हुँ’, उनले भनिन्। उनले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ दिएकी छन्।

प्रकाशित: ५ फाल्गुन २०७६ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App