८ वैशाख २०८१ शनिबार
समाज

गाउँपालिकाको आफ्नै लगानीमा अस्पताल

वीरेन्द्रनगर - रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आफ्नै लगानीमा १५ शै्याको अस्पताल सञ्चालनमा ल्याएको छ। यहाँका नागरिकलाई  आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले उक्त अस्पताल सञ्चालनमा आएको हो।

नेपाल सरकारले यसभन्दा अघि नगरमा २५ र गाउँपालिकामा १५ शै्या अस्पताल बनाउने निर्णय गरेको थियो। सोहीअनुसार गाउँपालिकाको वडा नम्बर ७ छोटेबगरमा उक्त अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्यचौकी सिम्लीको भवन प्रयोग गरेर अस्पताल निर्माण गरिएको छ।

यो भवन करिब दुई करोड ४० लाखमा निर्माण भएको थियो। अहिले गाउँपालिकाको ४० लाख रूपैयाँ लागतमा अस्पतालका अन्य पूर्वाधार, जनशक्ति, औषधि व्यवस्थापन गरिएको छ। यो अस्पतालमा मेडिलक अधिकृतसहित १९ जना स्वास्थ्यकर्मी हुने गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए। साधन स्रोतको अधिकतम एवम् प्रभावकारी प्रयोग गरी सहकार्य र साझेदारीमार्फत् नागरिकको स्वास्थ्यसम्बन्धी मौलिकअधिकार सुनिश्चित हुने उनले जनाए।

‘गाउँमा आधारभूत स्वास्थ्य सेवा नहुँदा यहाँका मान्छे मुसीकोट खलंगा र चौरजहारी जानुपर्ने बाध्यता थियो,’ गाउँपालिकाका अध्यक्ष पुनले भने, ‘अब त्यस्तो अवस्था अन्त्य हुने छ।’ आधारभूत स्वास्थ्य सेवामा पहुँच पुग्दा यहाँका स्थानीय खुसी भएका छन्। गाउँपालिकाले अस्पतालसँगै दक्ष जनशक्ति र पर्याप्त औषधिमा ध्यान दिनुपर्ने यहाँ स्थानीय दिनेश खड्काले बताए। आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकारले ध्यान दिनु पर्ने उनको भनाइ छ। आधारभूत स्वास्थ्य सेवाको निरीक्षण, अनुगमन तथा गुणस्तर नियन्त्रण गर्दै जानु पर्ने उनले जनाए।

आधारभूत स्वास्थ्य सेवाको दायरा तथा मापदण्डअनुसार गाउँपालिकामा स्वास्थ्य सेवा प्रदान हुने बताइएको छ। राज्यले निःशुल्करूपमा प्रदान गर्ने अत्यावश्यक तथा जीवन रक्षकलगायतका औषधिको उपलब्ध गराउन प्रयत्न गर्ने गाउँपालिकाले जानकारी दिएको छ। स्वस्थ रहनु नागरिक स्वयम्को जिम्मेवारी हो भन्ने तथ्यलाई स्वास्थ्य सचेतनामार्फत् अभिवृद्धि गर्दै स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने भन्दै गाउँपालिकाका अध्यक्ष पुनले भने, ‘यसले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हक सबै नागरिकले उपभोग गर्न पाउने अवसरको सिर्जना भएको।’

अति सीमान्तकृत वर्गलाई समेट्दै सामाजिक स्वास्थ्य सुरक्षा पद्धतिलाई सुदृढ गर्ने गाउँपालिकाले जनाएको छ। उक्त अस्पताल पूर्व गृहमन्त्री तथा नेकपाका नेता जनार्दन शर्माले उद्घाटन गरे। हाल गाउँपालिकामा गाउँपालिका २२ हजार एक सय ९४ जनसंख्या छ।

प्रकाशित: ५ फाल्गुन २०७६ ११:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App