रूस र अमेरिकाबीच तनाव बढेका बेला ट्रम्पले गरे पुटिनको प्रशंसा

आइतबार, १७ पुष २०७३, १५ : ०५ नागरिक

वासिङ्टन (अमेरिका)-अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र स्वदेश फिर्ता गर्ने भनी दिएको प्रतिक्रियापछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा गरेका छन्।

अमेरिकाले निर्वाचनको समयमा साइबर हमलालगायत हस्तक्षेप गरेको बदलास्वरुप ३५ जना रसियाली कूटनीतिज्ञलाई स्वदेश फिर्ता पठाउने निर्णय गरेको थियो ।

रसियाली विदेश मन्त्रालयले पनि अन्तर्राष्ट्रिय कूटनीतिक परम्पराअनुसार ३५ जना अमेरिकी कूटनीतिज्ञलाई कारबाहीका लागि सिफारिस गरी राष्ट्रपति पुटिनकहाँ पठाएको थियो । पुटिनले अमेरिकामा नेतृत्व परिवर्तन भई रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पको रसियालाई हेर्ने नीतिलाई हेरेर यस विषयलाई अघि बढाउने भनी शुक्रबार प्रतिक्रिया दिएका थिए ।

रसियाली राष्ट्रपतिद्वारा ढिलाई गर्ने निर्णय “महान् कदम हो, मैले सधैँ उहाँलाई एक बुद्धिमान् विश्व नेताका रुपमा चिन्ने गरेको छु” – भनी ट्रम्पले ट्वीट गरेका छन् ।

ट्रम्पको यो भनाइले रिपब्लिकन पार्टीका केही सदस्यसहित डेमोक्रेटिक पार्टीलाई क्रोधित तुल्याएको अमेरिकीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पको रसियाली राष्ट्रपतिलाई बुद्धिमान् भनी गरेको ट्वीट सन्देशलाई वासिङ्टनस्थित रसियाली राजदूतावासले पुनः ट्वीट गरी प्रचार गरेको थियो । रासस-एएफपी





यसमा तपाईको मत

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad