उपाध्यायका योगदानको स्मरण

सोमबार, ०५ फागुन २०७६, १५ : ३५ नागरिक

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य स्वर्गीय दुर्गाप्रसाद उपाध्यायको निधनमा श्रद्धाञ्जलीसभा गरेको छ।   सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार उपाध्यायको निधनमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको हो।  श्रद्धाञ्जलीसभामा नेताहरुले सरल एवं भद्र व्यक्तित्वको रुपमा परिचित उपाध्यायले सामाजिक कार्य एवं लोकतन्त्र स्थापनाका आन्दोलनहरुमा पुर्याएको योगदानको स्मरण गरेका थिए।  

सभापति शेरबहादुर देउवाले सधै हसिलो मुहारमा देखिने उपाध्याय राष्ट्रिय चिन्तनको व्यक्ति भएको भन्दै उनको योगदानको स्मरण गरे। उनले नेपालको प्रजातान्त्रिक आन्दोलनको साथै पार्टीको सिद्धान्त र विचारलाई ग्रामिण तहसम्म पुर्याउने काममा अहोरात्र खटिने उपाध्यायको निधनले सिंगो मुलुक र पार्टीलाई अपुरणिय क्षति पुगेको बताए। त्यसैगरी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रतिकुल अवस्थामा पनि गाउगाउमा बसेर पार्टीको मुल धारणालाई स्थापित गराउने सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनको योगदानको स्मरण गरे।

२०७४ सालको राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्बर ५ बाट नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका  उपाध्यायको फागुन २ गते ५१ बर्षको उमेरमा निधन भएको थियो।

 

 





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad