५ वैशाख २०८१ बुधबार
विचार

मित्र चिन्ने बेला

नयाँ कोरोना भाइरसबाट हुने निमोनियाको संक्रमण फैलिएयता चिनियाँ र विश्वभरका मानिसप्रति उच्च जिम्मेवारीबोधका कारण चीन सरकारले संक्रमण नियन्त्रणमा विस्तृत र मिहिन तरिकाले काम गरिरहेको छ। वसन्त पर्वको बिदा लम्ब्याउनु, कम्पनी खुल्ने समय पछि सार्नु, अन्तर्राष्ट्रिय भ्रमण दलको यात्रा स्थगन, यातायात नियन्त्रण र मानिसलाई घरबाहिर निस्कन तथा एक ठाउँमा भेला हुन नदिनु आदि यसैका सिलसिला हुन्।

चीन सरकारका यस्ता संक्रमण रोकथाम र नियन्त्रणमुखी कदमले क्रमशः परिणाम दिन थालेको छ। जनतालाई क्वारेन्टाइनमा राख्दा उपभोगमा नकारात्मक प्रभाव पार्ने हो कि भन्ने चिन्ता थियो। केही शक्तिले भने यो परिस्थितिले चीनको अर्थतन्त्रको सम्भावनालाई होच्याउने र सराप्ने मौकाका रूपमा लिएका छन्। निःसन्देह संक्रमण रोकथाम र नियन्त्रणमुखी निर्णयले चिनियाँ उद्योगमा गहिरो प्रभाव पार्ने कुरा सत्य हो। चीनको अर्थतन्त्रमा यसले केही अल्पकालीन नकारात्मक प्रभाव पनि पार्नेछ। क्षेत्रीय र संसारकै जनस्वास्थ्यका लागि चीनले गरेको यो ठूलो त्याग हो।

कदाचित् चीनको अर्थतन्त्रमा गम्भीर क्षति पुग्यो भने त्यसको नकारात्मक प्रभाव अन्य देशमा पनि पर्नेछ।

तर महामारी परास्त गर्नुजसरी चीनको उच्च प्राथमिकता हो, त्यसरी नै अर्थतन्त्रको विकास पनि उत्तिकै महत्वको विषय हो। संक्रमणलाई बलियोसँग रोकथाम र नियन्त्रण गर्नु अर्थतन्त्रको चुस्त विकासका लागि महत्वपूर्ण आधार हो। महामारीविरुद्धको लडाइँ जित्न चीनको बलियो आर्थिक आधार हो– पूर्वाधार। यतिबेला हुपेई प्रान्तबाहेक चीनका अन्य सबै प्रान्तमा उत्पादन पुनःथालनी गर्ने प्रक्रिया अघि बढिरहेको छ। चीनको राष्ट्रिय विकास र सुधार आयोगको तथ्यांकअनुसार देशभरका झन्डै ९४.६ प्रतिशत प्रमुख अन्न उत्पादन र उत्पादित अन्न उपभोग्य बनाउने कलकारखानाले आफ्नो काम पुनःथालनी गरिसकेका छन्।

महामारीको अस्थायी प्रभाव रोक्न चीनको केन्द्रीय सरकारले सम्बन्धित उद्योग–कलकारखानालाई टेवा पु-याउन विशेष वित्तीय र आर्थिक–नीति अवलम्बन गरेको छ। विशेषतः साना तथा मझौला उद्योग र निजी कम्पनीको हकमाचीन सरकारले यस्तो नीति लागू गरेको छ। चीनको जनता बैंकले प्रतिचक्रीय समायोजन(काउन्टर–साइक्लिक एडजस्टमेन्ट)लाई सघन बनाएको छ। खुला बजार प्रवाहमार्फत बैंकले १.७ट्रिलियन युआनको तरलता प्रत्यायोजन गरेको छ। बैंकले ३ सय बिलियन युआनबराबरको विशेष ऋण कोष स्थापना गरेको छ। त्यसबाट साना तथा मझौता उद्योग र निजी कम्पनीहरूलाई सस्तो ब्याज दरमा ऋण प्रवाह गर्न सक्ने बनाएको छ।

यसले ती उद्योग र कम्पनीहरूको वित्तीय लागत र आर्थिक बोझ कम गर्नेछ। अहिले निम्तिएको कठिनाइ पार गर्न साना तथा मझौला उद्योग एवं निजी कम्पनीलाई सहयोग गर्न कर र बहाल छुटको नीति चीनका धेरै स्थानीय सरकार र सम्बद्ध निकायले गरेका छन्। अल्पकालीन सुस्तता पछि धितो बजार सामान्य दिशामा फर्किसकेको छ। यसबाट महामारी नियन्त्रणमा चीन सरकारको क्षमता र चीनको भविष्यको आर्थिक वृद्धिमा लगानीकर्ताको आत्मविश्वास प्रदर्शन भएको छ।

प्रकाशित: ५ फाल्गुन २०७६ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App