अमेरिकन आइडलमा नेपाली युवा, निर्णायकले भने : हलिउडमा भेटौंला

सोमबार, ०५ फागुन २०७६, १२ : ३२ नागरिक

काठमाडौं- अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल छानिएका छन्। आइडलको १८ सिजनमा आइतबार टप २० छानिएको थियो।

काठमाडौंमा जन्मिएका दिवेशको स्टेज नाम आर्थर गन रहेको छ। नमस्ते गर्दै स्टेजमा प्रवेश गरेका उनले बब डिलनको 'गर्ल फ्रम द नर्थ कन्ट्री' गाएका थिए। पोखरेल अमेरिकाको कन्सास राज्यको विचिटामा बस्दै आएका छन्। उनको पहिलो गीतमा निर्णायक मण्डलले सन्तुष्टि जनाउँदै तालि बजाएका थिए। त्यसपछि दिवेशले अर्को गीत गाए। अर्को गती पछि उनको प्रसंशा मात्रै भएन निर्णायक मध्येका लियोनल रिचीले उनलाई अंकमाल समेत गरे।

दिवेश पाँच वर्ष अघि अमेरिका आएका थिए। उनले केही नेपाली गीत समेत गाएका छन्। उनले गाएका गीत युट्युवमा सुन्न सकिन्छ।

निर्णायक मण्डलका सदस्यहरुले प्रस्तुति पछि उनको गायनको प्रशंसा गर्दै ट्वीट समेत गरेका छन्। केटी पेरीले भनेकी छन्, 'तिमी बेष्ट हौं। यही नै अमेरिकन सपना हो। तिमीले अमेरिकन आइडलमा नमस्ते गर्न सक्छौं। म मा भएको प्रकाशले तिमीमा पनि प्रकाश देखिरहेको छ।'

यस्तै अर्का निर्णायक लियोनल रिचीले ट्वीट गर्दै भएका छन्, 'तिमीमा भएको जादुलाई बाहिर ल्याउन पाउँदा हामी रोमाञ्चित भएका छौं। तिमी हामीले बताउनु पर्ने एउटा कथा हौं। हलिउडमा भेटौंला।' लुका ब्रायनले ट्वीट गर्दै लेखेका छन्, 'त्यो बच्चाले उडाइरहेको छ।'

 





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad