परिमार्जनसहित संविधान संशोधन विना निर्वाचन असंभव : महताे

आइतबार, १७ पुष २०७३, १४ : ४९ मिथिलेश यादव

लहान–सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभएसम्म निर्वाचनको कल्पना गर्न नसकिने बताएका छन्। परिमार्जनसहित संविधावन संशोधन नगरी निर्वाचन घोषणाको औचित्य नरहेको भन्दै उनले ६ महिनासम्म चलेको आन्दोलनमा उठेका माग सम्वोधन नभएसम्म निर्वाचनको कल्पना गर्न नसकिने बताए।

आइतबार प्रेस मञ्च सिरहाद्वारा लहानमा आयोज पत्रकार भेटघाटमा महतोले    चुनावको तालिका घोषणा गर्नु भन्दा चुनावको माहोल बनाउनु महत्वपूर्ण  हुने उल्लेख गरे। ‘चुनावी माहोलका लागि संविधानमा परिमार्जन सहितको संशोधन मोर्चाको बटमलाइन हो।’

गाउँपालिकाको  गठन त्रुटिपूर्ण रहेको टिप्पणी गर्दै उनले भने, ‘जनसंख्यालाई नजरअन्दाज गरेर बनाइएको गाउँपालिका बिभेदले ग्रसित छ।’ महतोले दुइतिहाई भन्दा बढी गाउँपालिका पहाडमा बनाइएको र  एकतिहाई मात्र मधेमा बनाइएको जिकिर उनले गाउँपालिकाको संरचनामा सुधार गर्नुपर्ने बताए। ‘गाउँपालिको प्रतिनिधित्वले राष्ट्रपतिको निर्वाचनदेखि राष्ट्रियसभाको निर्वाचनमासमेत असर पर्छ,’ उनले भने, ‘‘यथास्थितिको गाउँपालिकालाई हामी मान्दैनौं।’

देशको मुल मुद्दा संविधानको कार्यानवय रहेको भन्दै उनले संविधान कार्यानवयनको प्रमुख बाधक नेकपा एमाले बनेको  आरोप लगाए।
‘एमाले मधेसको दुश्मन त छँदै थियो अहिले आएर संविधानको दुश्मन पनि बनेको छ,’ उनले भने। संविधान संशोधनको बाटो छेकेर एमाले संविधान समाप्त गर्न लागेको उनको आरोप छ ।
संविधानमा मधेसी, जनजाति सीमान्तकृतको अधिकार कटौती गरेर काँग्रेस माओवादी केन्द्रले बेइमानी गरेको आरोप लगाउँदै महतोले भने, ‘तर यी दुई दल सुधार गर्छु भनिरहेका छन् । संविधानमा संशोधन माओवादी केन्द्र र नेपाली काँग्रेसका लागि अग्निपरिक्षा हो।’

‘अहिले प्रदेशमार्फत आफ्नो अधिकार माग्ने मधेसी जनजातिलाई प्रदेशमार्फत अधिकार दिएन भने देश माग्नेलाई बल मिल्छ,’ उनले भने, ‘प्रदेशको माग गर्ने असफल भए देश माग्नेको पक्ष बलियो हुन्छ।’
 







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

यस लेखमा एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ ...

Ncell Footer Ad