१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ब्राउन सुगरसहित दुई युवक पक्राउ

सिरहा- सिरहाको गोलबजार नगरपालिकाबाट प्रहरीले ब्राउन सुगरसहित दुइ युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने गोलबजार नगरपालिका–७ का २४ वर्षिय कृष्णा यादव र वडा नम्बर ४ २२ वर्षिय प्रवेश महतो छन्।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले आइतबार राति ३० पुरिया (विक्रिका लागि तयार पारिएको)ब्राउन सुगरसहित यादव र महतोलाई पक्राउ गरेको सिरहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। बरामद ब्राउन सुगर तीन ग्राम रहेको उनले बताए।

पक्राउ परेकाहरू ब्राउन सुगरका कारोबारी भएको एसपी चतुवेदीले बताए। उनीहरुको साथमा रहेको सात थान मोबाइल समेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेका दुबै जनालाई लागूऔषध कारोबार सम्बन्धि मुद्दा चलइने उनले बताए।

प्रकाशित: ५ फाल्गुन २०७६ ०५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App