coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘अविश्वासले सम्बन्धहरू तोडें’

न्युयोर्क (एजेन्सी) – गायक जस्टिन बिबरले ‘भावनात्मक दुर्व्यवहार’ गरेपछि आठ वर्ष लामो अफेयर तोडेको गायिका सेलेना गोमेजले बताएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी सुरु भएको छ।

मोडल हेली बाल्डविनसँग विवाह गरेका गायक बिबर गायिका गोमेजको अभिव्यक्तिलाई लिएर गम्भीर भएका छन्। सामाजिक सञ्जालमा मोडल बाल्डविनविरुद्ध टिकाटिप्पणी भएपनि गायक बिबरले आफ्ना अघिल्ला अफेयरहरू अविश्वास र लापरबाहीको कारण अन्त्य भएको बताएका छन्। ‘हेलीको निम्ति म छु। यसअघिका अफेयरहरूमा मैले कसैलाई म छु भन्न सक्दिन थिएँ। धेरै अफेयरले मलाई पीडा दिएको थियो। अहिले म सक्षम श्रीमान हुन लागिपरेको छु,’ उनले भने।

गायक बिबरका अनुसार गायिका गोमेजले आफूलाई सम्बन्ध अन्त्य गरेको दोष लगाएकी हुन्। ‘हेली मलाई सम्मान गर्छिन्। मैले यसअघिका अफेयरहरूलाई गम्भीर रूपमा लिन सकिन होला। त्यसमा मेरोमात्र दोष थिएन्,’ उनले भने।

उनले सानो उमेरमा पाएको स्टारडमका कारण गलत निर्णयहरू गर्दा संसारभर घृणाको पात्र हुनुपरेको अवस्थाले सम्बन्धहरूमा उतार चढाव आएको बताए। ‘कम उमेरमा पाएको स्टारडमका कारण मैले एकपछि अर्को गलत निर्णयहरू गरिरहेको थिएँ। जसले गर्दा संसारभरका मानिसले मलाई घृणा गर्न थाले। उनीहरूले दिएको प्रतिक्रियाका कारण मलाई आत्महत्यासम्मको सोच आएको थियो। म निकट व्यक्तिहरूले मलाई सही सल्लाह दिन सकेका थिएनन्। फलस्वरुप मेरो अफेयरहरू एकपछि अर्को गरेर अन्त्य भएका थिए।’

यसअघि गायिका गोमेजको ‘लस यु टु लभ मी’ गीत सार्वजनिक भएलगत्तै गायक जस्टिन बिबरसँगको बिदाईको संज्ञा दिइएको छ। उनले गीत रिलिज गरेको केही घन्टामा गायक बिबरकी श्रीमती मोडल हेली बल्डिविनले सामाजिक सञ्जाल इन्स्टाग्राम पेजमा समर वाकरको ‘आइ विल किल यु’ गीतको स्टोरी सेयर गरेकी थिइन्।

सो गीतलाई उल्टो अर्थ लगाउँदै गायिका गोमेजको गीतमाथि व्यंग्य गरेकी थिइन्। गायिका गोमेजले मोडल हेलीको प्रतिकार गर्दै सकारात्मक सोचलाई सबैले मनपराउने उल्लेख गरेकी थिइन्। ‘मैले जीवनमा भोगेको अनुभवका आधारमा गीत तयार भएको छ। यो गीतले सबैलाई आशावादी हुन प्रोत्साहित गरेको छ,’ उनले लेखेकी थिइन्।

केही समयअघिसम्म विवाहित गायक बिबर गायिका गोमेजसँग भेट्न प्रयासरत रहेको समाचार बाहिरिएको थियो। कान्स फिल्म महोत्सवदेखि गायक बिबर गायिका गोमेजसँग भेट्न तत्पर देखिएको समाचार आएपछि मोडल हेलीले कुनै प्रतिक्रिया दिएकी थिइनन्।

डिप्रेसनको उपचार गराई रहेका गायक बिबर गायिका गोमेजलाई आफू कस्तो स्थितिबाट गुज्रिरहेको छु भनेर बताउन आतुर रहेको र उनीबाट सुझावको अपेक्षा गरिरहेका थिए। सन् २०१८ को मे महिनामा उतार चढावबाट गुजिरहेको बिबर र गोमेजको प्रेम सम्बन्ध ब्रेकअपमा गएर टुँगिएको थियो। सोही वर्षको नोभेम्बरमा उनीहरूको ब्रेकअपलगत्तै बिबरले हेली विवाह गरेका थिए। त्यसअघि गायिका गोमेजले सन् २०१६ मा बिबरले आफूलाई धेरै पटक धोको दिइसकेको कुरा सामाजिक सञ्जालमा उल्लेख गरेकी थिइन्। सेलेना गोमेज, माइली साइरस, एरियाना ग्रान्डी, रिटा ओरा र केन्डल जेनरसँग बिबरको नाम जोडिएको थियो।

केही समयअघि लागूपदार्थ र डिप्रेसनले जीवनमा उतार चढावको अनुभव गरेका गायक बिबरले प्रतिबद्धतासँग अरुको सम्मान गरेर विश्वासयोग्य हुन चुनौती हुने बताए। ‘कसैलाई प्रेम गर्दै हुनुहुन्छ भने आफ्ना जीवनका सबै अवस्थाबारे एकअर्कालाई जानकारी दिनुपर्छ। मेरो अवस्था थाहा पाएर उनले प्रेम प्रस्ताव अस्वीकार गर्ने हो कि भन्ने डरले गर्दा तनावमा हुन्थें,’ उनले भने, ‘मैले चाहेको व्यक्तिसँग जीवन बिताइरहेको छु।’

उनले अत्याधिक ड्रक्स सेवन गरेर आफन्तहरूसँग दुव्र्यवहार गरेको स्वीकारेका थिए। ‘संगीतमा व्यस्त भएपछि मैले आफू को हुँ भन्ने प्रश्नको जवाफ खोज्न समय पाइन्,’ उनले भनेका थिए, ‘मलाई शान्त रहन अलि धेरै संघर्ष गर्नुपर्छ। मलाई यस्तो लाग्छ की म धेरै चिन्ता गर्छु र चाहन्छु कि सबै राम्रो होस्,’ उनले भने। उनले साथीहरुको साथ र वैवाहिक जीवनका कारण आफूलाई परिवर्तन गरिरहेको दाबी गरेका थिए।

प्रकाशित: ५ फाल्गुन २०७६ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App